Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

ग्रेस इन्टरनेशनल एजुकेशनको १२ औँ शाखा बागलुङमा स्थापना

bk logo final png
  • BAGLUNGKHABAR
  • २९ जेष्ठ २०८०, सोमबार १७:१६

आदर्श अनलाइन, बागलुङ
ग्रेस इन्टरनेशनल एजुकेशनको १२ औँ शाखा बागलुङमा स्थापना भएको छ । आइतबार ग्रेस इन्टरनेशनल एजुकेशन नेपालका प्रमुख एन्ड्रयु पौडेलले कार्यालयको उद्घाटन गर्नु भएको हो ।

उद्घाटनपछि बोल्दै पौडेलले असल शैक्षिक परामर्श दिँदै आएको ग्रेस इन्टरनेशनले अब बागलुङबाट पनि सेवा विस्तार गरेको बताउनुभयो । उहाँले पछिल्लो समय विद्यार्थीहरुमा कहाँ पढ्ने, के पढ्ने, पढेर के भन्ने भन्ने द्वविधा उत्पन्न भइरहेको सन्दर्भमा ग्रेस इन्टरनेशनले उनीहरुको भविष्यका बारेमा ‘काउन्सिलङ’ गर्ने बताउनुभयो । संस्थाले विद्यार्थी गुणस्तरीय शिक्षा प्रदानका लागि जोड दिने गरेको उहाँको भनाइ छ ।

यस संस्थालले हालसम्म २५ हजार विद्यार्थीलाई स्वदेश तथा विदेशमा रोजगारीका लागि पठाउने तथा सहयोग गर्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘यस संस्थाले विद्यार्थीलाई कुनै पनि समस्या नपरोस्, देशमा होस् या विदेशमा उनीहरुलाई रोजगारका लागि तथा अध्ययनका लागि सहयोग गर्ने गर्दछ ।’

ग्रेस इन्टरनेशनल एजुकेशन बागलुङका प्रमुख ओमकार पौडेलले पछिल्लो समय विद्यार्थीहरु विदेश जाने लहलहैमा लाग्दा समस्यामा पर्ने गरेको भन्दै उनीहरुलाई दक्ष बनाई नेपाल तथा विदेशमा अध्ययन र रोजगारका सहजता प्रदान गर्ने बताउनुभयो ।

सो संस्थाको आयोजनामा आजनै ‘द रोड अहेड’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता आरके धिताल, ग्रेस इन्टरनेशनल एजुकेशन नेपालका प्रमुख एन्ड्रयु पौडेल, चर्चित कमेडियन कैलाश कार्की, ग्रेस इन्टरनेशनल एजुकेशन पोखराका प्रमुख प्रदीपकुमार लम्साल, ग्रेस इन्टरनेशनल एजुकेशन बागलुङका प्रमुख ओमकार पौडेल लगायतले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki