Skip to content

follow us

baglungkhabar.tv

23rd November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पशुमा लम्पी स्किन रोगको संक्रमण बढ्दो

bk logo final png
  • BAGLUNGKHABAR
  • १४ जेष्ठ २०८०, आईतवार ०८:२५

बागलुङ, १४ जेठ । बागलुङको बरेङ गाउँपालिकाका पशु चौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएको छ।

बरेङ गाउँपालिकाका ६ वटै वडाका पशुचौपायामा लम्पी स्किनको संक्रमण देखा परेको गाउँपालिका पशु सेवा शाखाका प्रमुख नारायण पौडेलले बताए। उनले गाउँपालिकाका करिब ३० गाई र गोरुमा लम्पी स्किनको संक्रमण देखिएको बताए।

संक्रमणका कारण एक गाई र एक गोरु मरेको पशु सेवा शाखाका प्रमुख पौडेलले बताए। ‘लम्पी स्किन रोगको संक्रमण भैसीमा देखिएको छैन,’ प्रमुख पौडेलले भने,‘गाई र गोरुमा देखिएको रोगको कारण बरेङमा एक गाई र एक गोरु मरेका छन्।’

रोगग्रस्त क्षेत्रमा नियमित अनुगमन, उपचार लगायतका कार्य भइरहेको प्रमुख पौडेलले बताए। गाउँपालिकाले लम्पी स्किन रोगको संक्रमण देखिएका व्यावसायिक फार्ममा जैविक सुरक्षा अपनाउनर रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वारेन्टीनमा राखेर उपचार गर्न कृषकहरूलाई अनुरोध गरेको छ।

प्रमुख पौडेलले रोगसँग मिल्दोजुल्दो लक्षण देखापरेमा गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गर्दै अन्य ठाउँमा पशु आयात तथा निर्यात नगर्न अनुरोध गरे।

यस वर्ष गएको पुसदेखि नै पशुचौपायामा फाट्टफुट्ट रोगको संक्रमण देखिन थालेको थियो। लम्पी स्किन रोग लागेका गाईभैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्ने लगायत लक्षण देखिने पशु चिकित्सकको भनाइ छ।

लम्पी स्किन रोग बागलुङको बडिगाड गाउँपालिकामा पनि देखा परेको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

नमुना शिक्षालय निर्माण गर्न दीपशिखाले महायज्ञ आयोजना गर्ने

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

लोकप्रिय

विद्यार्थीलाई सम्मान तथा बधाई

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

भर्खरै

बागलुङमा कर दिवस सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki