Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

इमेज सहकारीका अध्यक्ष नेपाली सम्पर्क बिहिन

bk logo final png
  • BAGLUNGKHABAR
  • ८ जेष्ठ २०८०, सोमबार २०:२८

बागलुङ, ८ जेठ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङकाका अध्यक्ष देवकुमार नेपाली सम्पर्क बिहिन भएका छन् । सहकारीको कारोबारका कारण आँफूलाई मानसीक तनाव भएको भन्दै प्रहरीलाई परिवारको सुरक्षा गरिदिन आग्रह गरेर नेपाली सम्पर्कबिहिन भएका हुन् ।

उनी गत शुक्रबारदेखि सम्पर्कमा छैनन् । नेपालीले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आँफू मानसिक तनावका कारण उपचारका लागि जानुपर्ने भएको र परिवार असुरक्षित रहेको भन्दै सुरक्षाका लागि आग्रह गरेका थिए ।

नेपाली सम्पर्क बिहिन भएपछि प्रहरीले खोजी गरिरहेको छ । अध्यक्ष नेपालीले मोबाइल बन्द गरेका छन् ।

उनी फरार हुनसक्ने भन्दै उजुरी परेपछि खोजीका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताईन् ।

‘उहाँको फोन सम्पर्कमा छैन्, भाग्न सक्ने भन्दै बचतकर्ताहरुको उजुरी आएपछि हामिले गृहलाई जानकारी गराएका छौं’ श्रेष्ठले भनिन् ‘परिवारको सुरक्षा माग्दै उहाँले प्रहरीलाई निवेदन दिनुभएको रहेछ ।’ अध्यक्ष नेपाली जेठ १ गते बागलुङ बजारबाट बुर्तिबाङ गएका थिए ।

शुक्रबारदेखि अध्यक्ष नेपाली सम्पर्कबिहिन भएपछि नेपालीको बारेमा खोजतलास भइ रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए ।

नेपालीका गाडी चालक पनि सम्पर्कबिहिन छन् । अध्यक्ष नेपाली सपरिवार भागेको आशंका गरिएको छ । सहकारीका अरु संचालकहरुले मोबाइल अफ गरी सम्पर्कबिहिन भएका छन् ।

उनी सम्पर्क बिहिन भएको खबर पाएपछि सहकारीका बचत कर्ताले इमेज बचत तथा ऋण सहकारीको बागलुङ कार्यालयमा घेराउ गरेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki