Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलङमा भोलिबाट अर्ना जेसीज कप फुटबल सुरु

bk logo final png
  • BAGLUNGKHABAR
  • १७ बैशाख २०८०, आईतवार २२:१५

बागलुङ, १७ बैशाख । बागलङमा भोलिबाट अर्ना जेसीज कप फुटबल प्रतियोगिता सुरु भएको छ । अर्ना जेसिज कप २०२३ फुटबल प्रतियोगिताको आईतबार उद्घाटन गरिएको छ । जेसिज बागलुङले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन उद्घाटन समारोह सहित ट्रफि सार्वजनिक गरिएको छ । प्रतियोगिताका खेलहरु सोमबारदेखि हुने आयोजनले जनाएको छ ।

बागलुङ जेसीजको आयोजनामा शुरु भएको प्रतियोगिता बैशाख २३ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका संयोजक अमर थापाले गरेका छन । संयोजक थापाले खेलकुदले देशका सवै नागरिकहरुलाई जोड्ने बताउँदै नेपालको खेल हुँदा सवै काम छोडेर आफुले हेर्ने गरेको बताउँदै जिल्लामा सुस्ताएको खेलकुद गतिविधिलाई जेसिज कपले पुनः चलायमान बनाउने बताए । उद्घाटन समारोहमा संयोजक थापाले प्रतियोगिताको विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफि सार्वजनिक गरेका थिए ।

खेलाडिको पहिचानसंगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उदेश्यले ‘जेसिज कप फुटबल’ प्रतियोगिताको आयोजना गरिएको बागलुङ जेसिजका अध्यक्ष सौरब श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत दिनेश शर्मा, जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का, बागलुङ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सञ्जय कुमार श्रेष्ठ लगायतले आफ्नो भनाई राखेका थिए।

बैशाख २२ गतेसम्म संचालन हुने प्रतियोगितामा साविकको धौलागिरी अञ्चलका ११ टिमले सहभागिता जनाएका छन् । आयोजकले आईतबार टाइसेट (खेल समय) सार्वजनिक गर्दै प्रतियोगिता नकआउट चरणमा हुने जनाएको छ । सोमबार प्रतियोगिताको पहिलो खेल भीमापोखरा खेलकुद विकास समिति विरुद्ध गुठी युनाइटेड, दोस्रो खेल नवउत्साही क्लब विरुद्ध तमान युवा क्लबर तेस्रो खेल गुठी युथ क्लब विरुद्ध मनसुन फुड्स एण्ड एग्रो प्रोडक्स प्रा.लि. विच हुने मुल संयोजक खत्रीले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

जेसीज वर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत प्रतियोगिताका मुल संयोजक सौरभ खत्री र संचालन महासचिव अन्जिला श्रेष्ठले गरेकी थिइन । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा अर्ना वियर रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki