Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘एक वडा, एक पहिचान’ अन्तर्गत तंग्राममा जनजाति सङ्ग्रहालय स्थापना

bk logo final png
  • BAGLUNGKHABAR
  • ५ बैशाख २०८०, मंगलवार १८:०१

नवीन शिशिर विक
बागलुङ, ५ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राम सबै भन्दा बढी जनजाति (मगर) समुदायको बसोवास भएको क्षेत्र हो । जनजाति कला, संस्कृति, रहनरहन, चलन चल्ती, भेषभुषा तथा भाषिक भिन्नताको लागि पनि तंग्राम परिचित छ ।

काठेखोला गाउँपालिकामा पहिलो पटक जनप्रतिनिधि निर्वाचित भए पछि ‘एक वडा, एक पहिचान’ कार्यक्रम अन्तर्गत तंग्राम चापोट (साविक–३) क्षेत्रमा जनजाति सङ्ग्रहालय स्थापना गर्न सुरु गर्‍यो ।

गाउँपालिकाको क्रमागत योजनामा समावेश पर्यटन तथा जनजाति सङ्ग्रहालय निर्माणको लागि विस २०७५ सालमा पाँच लाख, ०७६ मा २० लाख, ०७७ मा १३ लाख, ०७८ मा १५ लाख र ०७९ मा पाँच लाख रुपियाँ गरी हालसम्म ५८ लाख रुपियाँ खर्च भएको छ ।

यद्यपी सङ्ग्रहालय भवन अझै सम्पन्न भएको छैन । भवनको छानो हाल्ने तथा अन्य आधारभुत संरचना निर्माण गर्न बाँकी रहेको निर्माण समितिका अध्यक्ष रनबहादुर पुनले जानकारी दिनुभयो । उक्त सङ्ग्रहालयमा गाउँपालिका भित्र बसोबास गर्ने विभिन्न जाति/जनजातिको पहिचान झल्कने सामाग्रीहरु लक्ष्य छ ।

जनजाति सङ्ग्रहालय निर्माण स्थलको करिव दुई किलो मिटरको दुरी तल पर्ने काफलबोट क्षेत्रमा उस्तै प्रकृतिको जीमाक सङ्ग्रहालय  निर्माण थालिएको छ । उक्त सङ्ग्रहालय निर्माणको अन्तिम चरणमा छ ।

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणधिन सङ्ग्रहालयमा विश्वका विभिन्न क्षेत्रमा प्रयोग हुने साँस्कृतिक बाजाको संरक्षण तथा सांगीत कला प्रशिक्षणको रुपमा विकास गर्ने लक्ष्य रहेको संरक्षण हेमराज आश्रमले जानकारी दिनुभयो ।

‘‘हामीले यहाँ विभिन्न देशका मुख्य बाजाहरु संग्रह गर्ने लक्ष्य राखेका छौँ’ संरक्षक आश्रमले भन्नुभयो–‘‘यसले नेपाली लोक बाजाहरुको संरक्षण हुनुका साथै विश्वभर रहेका बाजाहरु बारे संगीत र संस्कृतिमा रुची राख्नेलाई पाठशाला हुनेछ ।

२०७६ सालदेखि निर्माण थालिएको सङ्ग्रहालयको कुल लागत एक करोड ३० लाख रुपियाँ उल्लेख छ । सङ्ग्रहालय निर्माणमा गण्डकी प्रदेश सरकारले तीन आर्थिक बर्षमा गरि एक करोड ३० लाख रुपियाँ विनियोजन गरेको छ ।

काठेखोला गाउँपालिकाले पनि ९० हजार रुपियाँ बिनियोजन गरेको थियो । त्यस रकमबाट जिमाक सङ्ग्रहालय जाने बाटो सुधार गर्नुका साथै मादलको प्रतिमा निर्माण गरिएको छ । सङ्ग्रहालय २०८० जेठ मसान्तसम्म निर्माण गरिसक्ने सम्झौता छ ।

जनजाती सङ्ग्रहालय गाउँपालिकाको विशेष योजना हो । साँस्कृतिक सङ्ग्रहालय तत्कालिन गण्डकी प्रदेश सांसद पियारी थापाको विशेष पहलमा निर्माण थालिएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki