Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

शुल्क तिर्न नसकेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द

bk logo final png
  • BAGLUNGKHABAR
  • ४ बैशाख २०८०, सोमबार १४:१२

काठमाडौं, ४ वैशाख । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमको सेवा सञ्चालन स्वतः रद्द भएको छ। कम्पनीले नवीकरणदेखि विभिन्न शीर्षकमा रहेको शुल्क तिर्न नसकेपछि लाइसेन्स स्वतः रद्द भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

प्राधिकरणले कम्पनीको सम्पत्ति व्यवस्थापनको प्रक्रिया समेत अगाडि बढाइसकेको छ। प्राधिकरणले सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार स्मार्टको स्वामित्व सरकारले लिनेगरी प्रक्रिया अगाडि बढाउने भएको हो।

‘स्मार्ट टेलिकमले २०७० वैशाख २ गते सेवा सञ्चालनको लागि अनुमति पत्र पाएको थियो। १० वर्षको अवधिमा समेत नवीकरण नगरेको र सरकारी बक्यौता समेत नबुझाएपछि कम्पनीको लाइसेन्स स्वतः रद्द भएको हो,’ प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले भने।

उनका अनुसार स्मार्ट टेलिकमले सरकारी बक्यौता करिब ३ अर्ब, नवीकरण शुल्क २१ अर्ब र १५ प्रतिशत जरिवाना शुल्क गरी करिब २८ अर्ब रुपैयाँ बुझाउनुपर्ने थियो।

२०७० वैशाख २ गते सेवा सञ्चालनका लागि अनुमति पाएको स्मार्ट टेलिकमको म्याद गत वैशाख २ गते (शनिबार) सकिएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki