Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

भीषण आँधीबाट २६ जनाले ज्यान गुमाए

bk logo final png
  • BAGLUNGKHABAR
  • १३ चैत्र २०७९, सोमबार १०:११

वासिङ्टन/मिसिसिपी (एजेन्सी) : अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा विनाशकारी आँधीका कारण गरिएको संकटकाल घोषणालाई अनुमोदन गरेका छन्। उनले यससँगै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण आँधीबेहरी र चक्रवात’ बाट प्रभावित क्षेत्रमा पुनःस्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन्। राज्य सरकारले यसअघि संकटकाल घोषणा गरेको थियो।

मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले विज्ञप्ति जारी गर्दै आइतबार साँझ राज्यको ठूलो हिस्सामा भीषण आँधीबेहरी आएको र यो अझै सक्रिय रहन सक्ने बताएको छ। ‘मिसिसिपीमा खराब मौसमका कारण २५ जनाको मृत्यु भएको छ। अझै पनि विनाशकारी आँधी आउन सक्ने भएकाले सम्भव भएसम्म सुरक्षित स्थलमा रहन आग्रह गरिन्छ’, विज्ञप्तिमा लेखिएको छ।  विपत् व्यवस्थापन निकायले ट्वीट् गर्दै चक्रवातको सम्भावनालाई नकार्न नसकिने जनाएको छ।

मिसिसिपी र अल्बामा भीषण आँधीबाट २६ जनाले ज्यान गुमाएका छन्। सयौं घाइते भएका छन्। खोज तथा उद्धार प्रयास जारी छ। रोलिङफार्क अति प्रभावित भएको छ। कुच्चिएका मोटरकार, इँटा र सिसाले सडक हेरिनसक्नु छ। पूरै सहर प्रायः भग्नावशेषमा परिणत भएको छ। यहाँका एक जना बासिन्दाले आँधीका बेला ‘बाथ टब’मा बस्दा आफ्नो ज्यान जोगिएको बताएका छन्।

पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ। सबैतिर तहस–नहस, वरिपरिको खेतबारीका रमणीय वातावरण पनि आँधीको चपेटामा परेको छ।

अन्नपूर्ण पोष्टमा खबर रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki