Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चैत्राष्टमी मेलाको सम्पूर्ण तयारी पूरा

bk logo final png
  • BAGLUNGKHABRAR
  • ११ चैत्र २०७९, शनिबार १७:०४

बागलुङ, ११ चैत । बागलुङ कालिका भगवति गुठी व्यवस्थापन समितिद्वारा आयोजना हुन लागेको चैत्राष्टमी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

यहि चैत्र १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक कालिका भगवति गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले शनिबार पत्रकार सम्मेलन गरेर बताएका छन् ।

मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा र रमाईलो बाल उद्यान लगायतका कार्यक्रमहरु सञ्चालन हुने छन् ।

खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले ३ लाखँ रुपैयाँ, द्वितीय हुनेले २ लाख ५० हजार रुपैयाँ र तृतीय हुनेले ७० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

राष्ट्रिय लोकदोहारी गीत प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख ५० हजार रुपैयाँ, द्धितीय पुरस्कार राशी १ लाख रुपैयाँ र तृतीय पुरस्कार राशी ७० हजार रुपैयाँ र सान्त्वना हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै सर्वोत्कृष्ट गायकले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

छेलो प्रतियोगितामा प्रथम हुनेले १५ हजार र द्धितीय हुनेले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

मेलामा र कालिका उद्यानमा गरी १ सय ८२ वटा स्टलहरु निर्माण गरिएको छ भने स्टलमा घरेलु उत्पादनलाई बिशेष प्रथामिकता दिईएको कालिका भगवति गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए।

मेलाको अवलोकन गर्नका लागि करिब ३० लाख आन्तरिक पर्यटक बागलुङमा आउने आयोजकले अपेक्षा राखेको छ ।

स्थानीय कला, संस्कृति, स्थानीय उत्पादन, व्यापार र धार्मिक पर्यटन प्रबर्धन गर्ने उद्धेश्यले मेलाको आयोजना गरिएको हो । मेलामा विभिन्न झाँकी प्रस्तुत गरिनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki