Skip to content

follow us

baglungkhabar.tv

26th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दुई जिल्लाका उपभोक्ताबीच खानेपानी विवाद

bk logo final png
  • BAGLUNGKHABAR
  • १० चैत्र २०७९, शुक्रबार १२:२८
नवीन शिशिर विक

बागलुङ, चैत १० गते ।

हा….कस्तो हुन्छ माया प्रीति यानीमाया, छाम्दा भेटिँदैनन्।

हा….छेउमै बग्छ कालीगङ्गा यानीमाया, तिर्खा मेटिँदैनन्।

उल्लिखित गीतको टुक्का चर्चित गायक खड्क गर्बुजाको डाँडैचरी …बोलको यानीमाया गीतिसङ्ग्रहमा समावेश टुक्का हो। गीतमा कालीगण्डकी नदीछेउमै बगेपछि उपयोग गर्न नपाउँदा प्यासी नै बनेको सन्दर्भ उल्लेख छ।

गायक गर्बुजाले मायाप्रेमको सन्दर्भलाई साहित्यको झटारोले प्रहार गरे पनि बागलुङका उपभोक्ता भने आफ्नै क्षेत्रमा खानेपानी मूल हुँदा पनि प्यासी बन्न बाध्य भएका छन्।

बागलुङ नगरपालिका–५ मालिका क्षेत्रबाट फुटेको पानीको मुहान तथा बागलुङ र म्याग्दीको सीमा क्षेत्रमा पार्ने ढोडेनीखोलामा बग्ने सबै पानी बेनी नगरपालिका–१ रत्नेचौरले उपयोग गरेपछि बागलुङ क्षेत्रका उपभोक्ता प्यासी बनेका हुन्।

रत्नेचौरवासीले सीमाक्षेत्रको खोला र बागलुङतर्फको ११ वटा मूलको पानी एकलौटी ढङ्गबाट प्रयोग गर्दै आएको गुनासो स्थानीयको छ। बागलुङ नगरपालिका–४ ले खानेपानीका लागि पानी बाँडेर लैजाने प्रस्ताव गर्दा रत्नेचौरवासीले असहमति जनाउँदै आएपछि दुई जिल्लाका उपभोक्ताबीच खानेपानी विवाद चर्किएको छ।

राजनीतिक तथा प्रशासनिक तहबाट पटक–पटक सम्पन्न बैठकले मुहान र पानीसम्बन्धी विवाद समाधान गर्न सकेको छैन। रत्नेचौरवासीले आफूहरूले विगतदेखि प्रयोग गर्दै आएको कुनै पनि पानीको मुहान नछोड्न अड्डी कसेपछि विवाद भएको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बताउनुभयो।

बागलुङ क्षेत्रको राजढुङ्गा मुहानआसपासका चारवटा मूल, ज्वानो खर्कको मूल ढुङ्गेपाली मूल, कमेरे खानेपानी मूल, बकायखोलाका तीनवटा मूल, भनभने मूल, ओख्रेनी मूल, सिसनेरी मूलको पानी एकलौटी ढङ्गबाट प्रयोग गरेको स्थानीय तेजबहादुर कुँवर ‘सन्तोष’ले बताउनुभयो। रत्नेचौरका स्थानीयले पानीको उपभोग आफूहरूले मात्रै गर्न खोजेपछि उपभोक्ता स्तरबाट विरोध र विवाद चर्किएको छ। पानीको प्राविधिक जाँच गर्दै बाँडफाँट गरेर उपयोग गर्ने मौखिक सहमति भए पनि त्यसको कार्यान्वयन नभएको वडाध्यक्ष क्षेत्री बताउनुहुन्छ।

गएको फागुन १७ गते जिल्ला समन्वय समिति, दुवै नगरपालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय तथा अन्य सरोकारवाला निकायका व्यक्तिहरू सहभागी बैठकले कमेरे मुहानको पानीको प्राविधिक जाँचमा प्रतिसेकेन्ड सात लिटर पानी रहेकोमा प्रतिसेकेन्ड चार लिटर म्याग्दीको रत्नेचौरले प्रयोग गर्ने र बाँकी तीन लिटर बागलुङले प्रयोग गर्ने सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो।

हिउँको चार महिना (फागुन–जेठ)सम्म पानीको ५८ प्रतिशत रत्नेचौरले र ४२ प्रतिशत बागलुङले उपयोग गर्ने गरी सहमति भएको थियो। त्यो सहमति पनि उल्लङ्घन भएको भनाइ उहाँको छ। बागलुङ नगरपालिका–५ मालिकामा रहेको कमेरे खानेपानी मुहानको पानी व्यवस्थापन तथा वितरणका लागि बागलुङ नगरपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ। २०५८ सालमा उक्त मूल बागलुङको उपभोक्ताको नाममा जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भएको छ। खानेपानी आयोजना निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रपियाँ बजेट विनियोजन गरेको छ।

आफ्नो क्षेत्रमा भएको खानेपानी दुवैतर्फका उपभोक्तालाई मर्का नपर्ने गरी बाँडेर उपयोग गर्न प्रस्ताव गर्दा रत्नेचौरवासीले अटेर गरेको हुँदा आफ्नो भूगोलको मूल कानुनअनुसार व्यवस्थापन गरेर अघि बढाइएको नगरप्रमुख श्रेष्ठको भनाइ छ। सहमतिमा आउन अटेर गरे सिमानाको खोलामा पनि आफूले अधिकार खोज्ने उहाँको भनाइ छ। “हाम्रो पानी हामीले नै उपयोग गर्न नपाउने,” उहाँले भन्नुभयो, “रत्नेचौरवासी सहमतिमा नआए हामी पनि कानुनबमोजिम जानुको विकल्प छैन।”

विरोध र मुद्दा परे पनि आयोजनाको काम अघि बढेको वडाध्यक्ष कुमारविक्रम क्षेत्रले बताउनुभयो। खानेपानी विवाद चर्किएपछि जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले मूलको स्थलगत अनुगमन गर्नुभएको छ।

बागलुङले पानी बाँडेर उपभोग गरौँ भनेर गरेको प्रस्ताव अन्यायपूर्ण नभएको थापाको प्रतिक्रिया छ। “रत्नेचौरले बागलुङका मूल खोलाको सबै पानी एक्लै उपभोग गरेको पाइयो,” उहाँले भन्नुभयो, “प्राकृतिक स्रोतको बाँडफाँट गरेर उपभोग गरेमा राम्रो हुन्छ।” रत्नेचौरका करिब चार सय स्थानीयले खोलाको पानी सिँचाइ र खानेपानीमा प्रयोग गर्दै आएका छन्। बागलुङ नगरपालिका–४ र ५ का एक हजार दुई सय उपभोक्ता मूलको उपयोग गर्न नपाउँदा खानेपानीको चरम अभाव भोग्दै आएका छन्।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki