Skip to content

follow us

baglungkhabar.tv

16th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

दाँतलाई सफा र सेतो कसरी बनाउने ?

bk logo final png
  • BAGLUNGKHABAR
  • १७ फाल्गुन २०७९, बुधबार १३:५०

डा.सुवास घिमिरे

स्वस्थ शरीरको अनिवार्य सर्त हो, सफा दाँत । यस किसिमको दाँतले मान्छेको सौन्दर्य पनि खुल्छ । त्यसैले त दाँतलाई सफा अनि सेतो बनाउने प्रयत्न गर्छौं हामी ।

हुन त दाँतको आफ्नै प्राकृतिक रंग हुन्छ । कुनै सेतो हुन्छ त कुनै पहेंलो पनि । दाँतलाई सेतो बनाउने विधि पनि हुन्छ । दाँतको अवस्था हेरेर दाँत स्केलिङ (दाँत सफा गर्ने विधि) गरेर ब्लिच, कम्पोजिट भर्ने र पोलिसबाट दाँत सेतो बन्छ । जन्मिंदै कालो वा पहेंलो रङको दाँतको बाहिरी र भित्री भागमा सेतो पार्न ब्लिचिङले मद्दत गर्छ

ब्लिज गर्दा पनि सेतो नहुने दाँतलाई कम्पोजिट भरेर सेतो बनाउन सकिन्छ । दाँत जस्तो प्राकृतिक देखिनेगरी दाँतमा रङ भरेर वा पोलिस गरेर दाँत सेतो बनाउन सकिन्छ ।

जथाभावी टुथपेस्ट प्रयोग नगरौं

दाँतलाई सेतो बनाउने एभ्रेसिभ टुथपेस्टहरु बजारमा जति पनि छन् । तर त्यसको प्रयोगले दाँत बढी घोट्ने हुँदा प्राकृतिक इनामेल जान सक्छ  । जसकारण सकेसम्म त्यस्ता मञ्जनको प्रयोग गर्नुहुँदैन । त्यसैले दन्त चिकित्सकको सल्लाहमा मात्र मञ्जन लिनु उपयुक्त हुन्छ ।

टुथपेस्ट प्रयोग नगर्दा पनि हुन्छ ?

दाँत सफा गर्ने प्रमुख भूमिका ब्रसको हो । दाँत तथा मुखमा कुनै समस्या छैन भने मञ्जन प्रयोग नगरी पनि दाँत माझ्न सकिन्छ । तर ब्रसले मात्र दाँत माझ्दा फिज नआउने र घोट्दा खासै मज्जा आउँदैन । ब्रसले मात्र भन्दा मञ्जनले नै हालेर दाँत माझ्ने बानी भए कुनैपनि जेलयुक्त मञ्जन मात्र प्रयोग गर्नुपर्छ । जसले दाँत घोटिंदैन । कीराले दाँत खाएको, फ्लोराइड भएको, दाँत सिरिङ हुने हुन्छ भने एन्टीसेन्सेटिभ मञ्जन प्रयोग गर्न सकिन्छ । चिकित्सकको सल्लाहमा मेडिकेटेड मञ्जन प्रयोग गर्नुपर्छ ।

कस्तो ब्रस ?

सामान्यतया बजारमा सफ्ट, एक्स्ट्रा सफ्ट, अल्ट्रा सफ्ट, हार्ड र एक्स्ट्रा हार्ड ब्रस हुन्छन् । यीमध्ये कुनै किसिमको दन्त समस्या छैन भने अल्ट्रा सफ्ट ब्रस प्रयोग गर्न सकिन्छ । अल्ट्रा सफ्ट ब्रस एकदमै नरम हुन्छ ।

कीरा लाग्ने समस्या भएमा मिडियम ब्रस, गिजामा समस्या भए नरम खालको ब्रस चिकित्सकको सुझावअनुसार प्रयोग गर्नु उचित हुन्छ ।  ब्रस किन्दा त्यसको खोलमा ब्रसको प्रकार लेखिएको छैन भन्ने प्रयोग गर्नुहुँदैन । ब्रसको प्रयोग अवधि ९० दिन लेखिएपनि ५० देखि ६० दिनसम्म प्रयोग गर्नुपर्छ ।

दाँत कसरी माझ्ने ?

दाँतको गाला, जिब्रो, तालुको क्षेत्र, टोक्ने भाग र दुई दाँतको बीच गरेर पाँच भागमा ब्रस पुर्‍याएर माझ्नुपर्छ । दाँत र गिजाको अवस्था नबिग्रिने गरी तलमाथि नगरी तलको भाग र माथिको भागमा अलग–अलग ब्रस गर्नुपर्छ । दुई दाँतको बीचमा पनि ब्रस गर्नु आवश्यक हुन्छ । त्यसको लागि इन्टर डेन्टल ब्रसको प्रयोग गर्नुपर्छ । दुई दाँतको बीचमा ग्याप छैन भने डेन्टल फल्सको प्रयोगले सफा गर्नुपर्छ । यसरी माझ्यो भने दाँतमा समस्या कम आउँछ ।

दिनमा कति पटक र कति अवधि ब्रस गर्ने ?

दाँत माझ्नका लागि पाँच मिनेटको समय छुट्याउनुपर्छ । दाँत दुईदेखि तीन मिनेटसम्म माझिसक्ने र त्यसपछि दुई मिनेट जिब्रोलाई नरम ब्रसले सफा गर्नुपर्छ । गिजालाई मसाज गरेमा दाँत र मुख स्वस्थ हुन्छ ।

बिहान खाना खाएपछि र राति सुत्नुअघि गरेर दिनमा कम्तीमा दुई पटक दाँत माझ्नुपर्छ । त्यस्तै दिनभर केही खानेकुरा खाइएको छैन भने पनि दिउँसो एकपटक दाँत माझ्न जरुरी हुन्छ । केही नखाँदा हानिकारक जीवाणु जम्मा हुन्छ, जसले श्वास गन्हाउने र गिजालाई पनि असर गर्छ ।

दाँतलाई सफा र बलियो बनाउन के गर्ने ?

मुख स्वास्थ्य राम्रो बनाउन भनेको समग्र स्वास्थ्य राम्रो बनाउनु पनि हो । त्यसैले दाँत सफा र बलियो बनाउन मुखको व्यायाम गर्ने, नियमित दाँतको पाँच भाग सफा हुनेगरी माझ्ने, तीन महिनादेखि ६ महिनाको अवधिमा दन्त चिकित्सककहाँ गएर परीक्षण गराउनुपर्छ । यस्तै साताको एकपटक दाँत वा मुखमा केही समस्या छ कि भनेर परीक्षण गराउन सके झनै राम्रो हुन्छ । त्यस्तै दाह्रा किट्ने, टाउको दुख्नेजस्ता मनोवैज्ञानिक समस्याले दाँतलाई असर गर्ने भएकाले मानसिक रुपमा फिट रहने प्रयास गर्नुपर्छ ।

दाँतमा खानपिनको कति प्रभाव ?

हाम्रो खानपानले पनि समग्र दन्त स्वास्थ्यलाई  प्रभाव पारिरहेको हुन्छ । प्राकृतिक खानेकुरा फलफूल, सागसब्जीले दाँतलाई सफा र बलियो बनाउने ब्रसको जस्तै काम गरिरहेको हुन्छ  । त्यस्ता खानेकुरालाई प्राथमिकता दिने र पानीको मात्रा बढाउनुपर्छ । यसैगरी  जति पनि दाँतमा समस्या हुन्छन् त्यसको प्रमुख कारण भनेको दाँतमा टाँसिने अस्वस्थकर खानेकुरा हुन् । तारेको खानेकुरा, जंकफुड, गुलियो पदार्थ, सुर्तीजन्य पदार्थहरु नखाने, पानीको मात्रामा बढाउनुपर्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बीमा दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भोलिदेखि शनिबार र आइतबार बिदा हुने

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki