Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

१८ वर्षीय बलरले लिए डेब्यू खेलमै विकेट

bk logo final png
  • BAGLUNGKHABAR
  • १५ फाल्गुन २०७९, सोमबार १५:५३

काठमाडौं, १५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज भएको पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाली खेलाडी प्रतिश जिसीले विकेट लिएका छन् ।

टस जितेर फिल्डिङ गरेको नेपालका लागि प्रतिशले ३३.३ ओभरमा पपुवा न्युगिनीका हिरीहिरीलाई दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराएका हुन् । उनको यो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट हो ।

१८ वर्षीय तीव्र गतिका बलर प्रतिश प्युठानमा जन्मिएका हुन् । तर, उनले घरेलु प्रतियोगितामा वागमती प्रदेशका लागि खेल्दै आएका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिगको त्रिदेशीय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई दुई सय चार रनको लक्ष्य दिएको छ।

एकदिवसीय मान्यता बचाउन बाँकी आठमध्ये पाँच खेल जित्नै पर्ने दबाब छ। यस्तै, एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी आठै खेलमा जित निकाल्नु पर्ने दबाब छ।

यो लिग २ को दोस्रो अन्तिम त्रिदेशीय शृंखला हो । नेपाल र पीएनजीसँगै घरेलु टिम यूएई सम्मिलित यो शृंखलामा नेपालले बिहीबार यूएईसँग खेल्ने छ। यस्तै, शुक्रबार पीएनजी र आगामी सोमबार यूएईसँग खेल्दै लिग २ अन्तर्गत अन्तिम भ्रमण टुङ्ग्याउने छ।

नेपालमा मार्च ९ देखि सुरु हुने शृंखलामा पनि नेपालसँगै पीएनजी र यूएई नै सहभागी हुनेछन्। स्कटल्यान्ड यसअघि नै च्याम्पियन बनिसकेको छ भने ओमान दोस्रो र नामिबिया तेस्रो स्थानमा छन्। यूएसए चौथो तथा यूएई पाँचौं स्थानमा छ। नेपाल पाँचौं तथा पीएनजी छैटौं स्थानमा छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki