Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

देशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले बाख्रापालन गरे

bk logo final png
  • BAGLUNGKHABAR
  • १५ फाल्गुन २०७९, सोमबार १३:०९

बागलुङ्, १५ फागुन । बाग्लुङ् नगरपालिका ९ तित्याङ् (साविक वडा न. ५) का ज्ञान बहादुर जि.सीले जीवनको ऊर्जासिल समय नेपाली सेनामा बिताउनुभयो ।

१६ वर्ष नेपाली सेनामा कार्य गरेर हवल्दार पदमा २०६९ सालमा सेवा निवृत्त(पेन्सन) हुनुभयो ।

आफ्नो व्यक्तिगत आवश्यकता र पारिवारीक जिम्मेवारीको बोध गरी कामको खोजीमा वैदेशिक यात्रा(मलेसिया) तय गर्नुभयो तर सोचेजस्तो सफलता भने प्राप्त गर्न सक्नुभएन् ।

आफ्नो गाउँघरमा गाईभैसी, भेडा, बाख्राको गोठालो गर्दा सानो मान्छे गनिने, इज्जत नहुने सोच, बिदेश पुगेपछि परिवर्तन भयो । उहाँले व्यवसायिक बाख्रा कसरी पाल्न सकिन्छ भन्ने शिक्षा प्राप्त गरेर नेपाल फर्केपछि विदेशी भूमिमा गर्नुपरेको पीडा बिर्सिदै अहिले गाँउमै स्वरोजगार बन्नुभएको हो ।

जि.सी नेपाल फर्केर गाउँमै आधुनिक खोर निर्माण गरी व्यवसायिक बाख्रा पालन गर्न थाल्नुभएको छ । उहाँले स्थानीय र बोयर जातका गरी ४० वटा बाख्रा पाल्नुभएको छ । विगत पाँच बर्षदेखि जि.सीले बाख्रा पालन व्यवसाय सुरु गर्नुभएको हो । खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिव १० लाख रुपियाँ लगानी भएको जि.सीले बताउनुभयो । उहाँले बार्षिक १५ वटासम्म बोका विक्री गर्दै आउनुभएको छ । एउटा बोका २० देखि ३० हजार रुपियाँसम्म विक्री हुन्छ ।

खसी बोका उत्पादन गर्न सके बजारको कुनै पनि समस्या नभएको उहाँले बताउनुभयो । मेहनत र परिश्रम गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ । कुनै पनि कामलाई सम्मान गर्न सके त्यसले जीवन जिउने कला सिकाउने जि.सीको भनाई रहेको छ ।

उहाँले भन्नुभयो–‘सबैले सबैको कामलाई सम्मान गरौँ, काम सानो ठुलो हुँदैन ।’ उहँले आर्यन कृषी तथा पशु फर्म दर्ता गरेर सञ्चालन गर्नुभएको छ । बाख्रा पालनसँगै त्यसैको जुतो पनि बिक्री हुन्छ । गाँउघरमा तरकारी, गोलभेडा खेती गर्न तथा खेतबारीमा प्रयोग गर्न गाँउलेले जुतो लैजाने गरेको जि.सीले बताउनुभयो ।

जि.सीले दुई वटा उन्नत बोयर जातको बोका लिएर उन्नत जातका बाख्राको संख्या वृद्धि गर्न थालेको बताउनुभयो ।

गाँउमै केहि गर्छु भन्ने म जस्ता कृषकलाई स्थानीय निकाय, वडा कार्यालय तथा नगरपालिकाको कार्यालय कसैबाट पनि आर्थिक सहयोग तथा अनुदान प्राप्त हुन नसक्दा भने दुख लागेको उहाँले बताउनुभयो । कृषकका लागि पनि अभिभावक बन्न स्थानीय निकायलाई उहाँले आग्रह गर्नुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki