Skip to content

follow us

baglungkhabar.tv

28th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रगतिको शेयर सदस्यसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • १३ फाल्गुन २०७९, शनिबार २०:५१

बागलुङ, १३ फागुन । प्रगति बहुउदेश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुसंग शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

अन्तरक्रिया कार्यक्रममा शेयर सदस्यहरू सहभागी भएका थिए । सहभागी शेयर सदस्यहरुले संस्थालाई पहिलो रोजाईको सहकारी बनाउन जोड दिएका छन् ।

छोटो समयमा नै स्थापित संस्थाको रुपमा परिचय गराउन सफल यस संस्थालाई अबका दिनमा पनि वित्तियरुपमा अनुशासित, सदस्यमैत्री र सवल बनाउदै सवैको पहिलो रोजाई सहकारी बनाउनुपर्ने कुरामा सबै सदस्यहरूले जाेड दिएका थिए ।

अध्यक्ष कृष्ण प्रसाद (कुमार) पौडेलले संस्थाको कार्य प्रगति प्रस्तुत गर्दै यसले राखेको लक्ष्य अनुसार नै संस्थालाई शेयर सदस्यहरुको पहिलो रोजाईको सहकारी बनाउन आफुहरु लागि परेको वताए ।

विभिन्न सहकारीमाथि प्रश्न उठिरहेको भएपनि प्रगति सहकारी वित्तिय र संस्थागत रुपमा स्वस्थ र सवल रहेको वताउदै अध्यक्ष पौडेलले सवैको पहिलो रोजाईको सहकारी बनाउन शेयरसदस्यहरुको भूमिका पनि महत्वपूर्ण रहने वताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष तोयानाथ गौतमले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै शेयर सदस्यहरुसंगको समबन्धलाई निरन्त्तरता दिन र उनीहरुका सुझाव, सल्लाह र गुनासाहरु सुन्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको र यसलाई सवै शेयर सदस्यहरुसंग पुराउन सेवा केन्द्रस्तरमा समेत कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख डा.राम प्रसाद उपाध्याय, संस्थापक अध्यक्ष महादेव सापकोटा, दिपक गौतम, खिम वहादुर कार्की, जीवन शर्मा, गणेश पौडेल, हरिनारायण गौतम, कृष्ण प्रसाद शर्मा, तेज प्रसाद गैरे, घनश्याम सापकोटा, ऋषिराम शर्मा, रामप्रसाद शर्मा लगायतले सहकारीका नीति, विधि, कार्ययोजना लगायतका विषयमा आआफ्ना सुझाव राखेका थिए ।

कार्यक्रमको सञ्चालन सहकारीका सहसचिव बालकृष्ण शर्माले गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विद्यार्थीलाई सम्मान तथा बधाई

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki