बागलुङ, १३ फागुन । ढोरपाटन नगरपालिकामा अाज ट्याक्टरको ठक्करबाट १ बालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो २ बजे ढोरपाटन नगरपालिका- ६ चामेद्वारमा ध १ त ५११ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानमा बस्ने वर्ष १३ का लक्ष्मण विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।
घटनामा संलग्न सवारी साधन र चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको खड्काले जानकारी दिएका छन् ।









