Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कुडुँले–रत्नेचौर पुल बनेपछि पैदलयात्रीलाई सहज

  • १४ मंसिर २०७९, बुधबार १३:२४

बागलुङ, १४ मसिंर । बागलुङ र म्याग्दी जिल्लालाई जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । बागलुङ नगरपालिका–४ कुडुले फाँट देखि म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएसंगै नागरिकको यात्राको समय छोट्टीएको छ । अहिले पुल अवलोकनका लागि पुग्नेको संख्यामा उल्लेख्यरुपमा वृद्धि भएको छ ।

झोलुङ्गे पुलको जिल्लाको रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिने क्रम जारी रहेको छ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षमानै बागलुङ नगरपालिका–४ कुडुँले फेदी बाट म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौर जोड्नेगरी ३८८ मिटर लामो झुलुङ्गे पुल निर्माण शुरु भएको थियो ।

कुडुलेदेखि रत्नेचौर जोड्ने पुल निर्माण सम्पन्न भइसकेर हस्तान्तरणको मात्रै काम बाँकी रहेको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारीक प्रतिनिधि नरहरी खड्काले जानकारी दिनुभयो । “बागलुङ र म्याग्दी जिल्ला जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ” खड्काले भन्नुभयो “पुल हस्तान्तरणको प्रकृयामा पुगेका छौं, ३८८ मिटर लामो र १७० मिटर अग्लो पुल निर्माण सम्झौता अनुसारको सबै काम सम्पन्न गरेका छौं ।”

संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाण्डौले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गत असोजमा शिलान्यास गरिएको थियो ।

कुडुँले देखि रत्नेचौर जोड्ने उक्त झोलुङ्गे पुल रु. तीन करोड ५० लाखमा निर्माण गरिएको छ । उक्त पुल निर्माण संगै एक घण्टाको बाटो पाँच मिनेटमा छोट्टीएको बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले जानकारी दिनुभयो ।

पुल बनेपछी एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनुका साथै रत्नेचौरमा उत्पादन हुँने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने क्षत्रीको भनाई छ ।

सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न भएको हो । गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो । पुल निर्माण गर्नका लागि बागलुङ तर्फ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए ।

म्याग्दी जिल्लाको रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसाय लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ ।

बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसंग जोडेर विकास गर्न पुलले सहयोग गर्ने स्थानीयको भनाई छ । बेनीको रत्नेचौर र बागलुङको कुडुले फाँटमा तोरी फुल्ने सिजनमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेकोमा यस वर्ष पुल निर्माण संगै पर्यटकहरुको संख्यामा समेत वृद्धि हुने अपेक्षा गरिएको स्थानीय टेकबहादुर रावलले जानकारी दिनुभयो ।

पुल निर्माणसंगै धार्मिक गन्तव्यको रुपमा विकास भइरहेको बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम संग्रहालय अवलोकन गर्न आउनेको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । रत्नेचौर, ज्यामरुककोट लगायतका स्थानका बासिन्दा प्रशासनिक कामका लागि मात्रै बेनी जाने र अन्य आर्थिक बारोवारका लागि बागलुङ आउने भएकाले दुई जिल्लाको सम्बन्ध बढाएर यात्रा छोट्टाउन पुल निर्माण गरिएको हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki