काठमाण्डाै, ६ मंसिर। समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजा अनुसार समानुपातिकतर्फ नेकपा एमालेले ५० हजार मत कटाएको छ । अहिलेसम्म समानुपातिक प्रतिनिधि सभातर्फ एमालेले ५३ हजार ३६० मत प्राप्त गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले २० हजार ९ सय मत प्राप्त गरेको छ । माओवादी केन्द्र चौथो स्थानमा छ । पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । राप्रपाको प्रतिनिधि सभा समानुपातिकतर्फ ११ हजार ४०५, जनमत पार्टीको ४ हजार ४६१, नेपाल मजदुर किसान पार्टीको ४ हजार १३३, जनता समाजवादी पार्टी, नेपालको ३ हजार ७७३, नेकपा (एकीकृत समाजवादी) २ हजार ४८४, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २ हजार ६३ र अन्य दलको मत ९ हजार ९२७ रहेको निर्वाचन आयोगले जनाएको छ ।











