Skip to content

follow us

baglungkhabar.tv

29th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

न्युजिल्यान्डविरुद्ध भारतको विजयी शुरुवात

bk logo final png
  • बागलुङखबर
  • ४ मंसिर २०७९, आईतवार १९:३६

वेलिङ्टन : भारतले न्युजिल्यान्डविरुद्धको टी-ट्वेन्टी अन्तर्राष्ट्रियको पहिलो खेलमा घरेलु टिमलाई ६५ रनले पराजित गरेको छ। बे ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको भारतले ६ विकेटको क्षतिमा एक सय ९१ रनको योगफल तयार गरेको थियो।

दोस्रो इनिङमा एक सय ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डलाई १८.५ ओभरमा एक सय २६ रनमा अलआउट गर्दै भारतले पहिलो जित निकाल्यो। भारतका लागि सूर्यकुमारले ५१ बलमा ११ चौका र सात छक्कासहित एक सय ११ रनको शानदार शतकीय इनिङ खेले। यस्तै ओपनर इशान किशन ३१ बलमा ३६ रन बनाएर पेभेलियन फर्केका थिए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

न्युजिल्यान्डका लागि टिम साउथीले सर्वाधिक तीन तथा ल्युक फर्ग्युसनले दुई र इश सोधीले एक विकेट लिए। न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ५२ बलमा चार चौका र दुई छक्कासहित ६१ रनको अर्धशतकीय इनिङ खेले। डेभोन कोनवेले २५ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा न्युजिल्यान्डले घरेलु मैदानमा हार टार्न सकेन।

बलिङतर्फ भारतका लागि दीपक हुडाले सर्वाधिक चार तथा युजभेन्द्र चहल र मोहम्मद सिराजले दुई-दुई विकेट लिँदा भुवनेश्वक कुमारको नाममा एक विकेट रह्यो। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। अर्को निर्णायक खेल शुक्रबार अक्ल्यान्डमा हुनेछ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki