Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा मतदान सुरु

  • ४ मंसिर २०७९, आईतवार ०८:१३

बाग्लुङ, ४ मंसिर ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बागलुङमा मतदान सुरु भएको छ । जिल्लाभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ । बागलुङमा एक लाख ९२ हजार २२७ मतदाता रहेका छन् । महिला ९८ हजार ६३४ र पुरुष ९३ हजार ५८४ जना मतदाता रहेका छन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा क्षेत्र नम्बर १ मा धेरै मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ जना मतदाता रहेको छन् ।

प्रदेश तर्फ बागलुङ क्षेत्र नम्बर १ को (क)मा ५० हजार ५ सय ८० जना र (ख) मा ४६ हजार ८६ जना मतदाता रहेका छन्भने क्षेत्र नम्बर २ को (क)मा ५४ हजार ३ सय ३४ र (ख)मा ४१ हजार २ सय २७ जना मतदाता रहेको सूचना अधिकारी शर्माले बताए ।

बागलुङमा निर्वाचनका लागि १ सय ६ मतदानस्थल र २ सय ३१ केन्द्रबाट साँझ पाँच बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा मतदान गराउनका लागि बागलुङमा २ हजार ७ सय ९० जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए । उनले २ सय ३१ मतदान अधिकृत, २ सय ३५ सहायक मतदान अधिकृत, १ हजार १ सय ५५ सहायकस्तरका कर्मचारी, २ सय ३३ जना सहयोगी कर्मचारी र ९ सय २६ जना स्वयंसेवक मतदान केन्द्रमा खटाइएको बताए ।

यस्तै मतदानस्थलमा सुरक्षाका लागि एक हजार एक सय ३६ जना म्यादी प्रहरी र ६५९ जना नेपाल प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए । मतदानस्थलमा आवश्यकताको आधारमा सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

टिकटक बनाउने क्रममा बगेर महिला बेपत्ता

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki