काठमाडौं, ३० कात्तिक । पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दोस्रो हाफको ८३ औँ मिनेटमा पाकिस्तानविरुद्ध नेपालका लागि अञ्जन विष्टले गोल गरेका हुन । उनले सुनिल बलको क्रसमा सुन्दर गोल गरेका थिए । यो नेपालका लागि अञ्जनको ११ औँ गोल हो ।

उनी म्यान अफ द म्याच बनेका बिष्ट गोल गरेपछि जर्सी फुकालेर सेलिब्रेसन गर्दा पहेँलो कार्ड पनि पाएका थिए । नेपालका नियमित कप्तान किरण चेम्जाङ अनुपस्थिति रहेको खेलको कप्तानी रोहित चन्दले गरेका थिए ।

नेपालका लागि बुधबारको खेल ऐतिहासिक भएको छ । नेपाल दशरथ रङ्गशालामा खेलेको ५० औँ खेलमा विजयी भएको हो । सन १९८४ मा दशरथ रङ्गशालामा आधिकारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल भएको थियो ।

पाकिस्तान फिफाको निलम्बन फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेलका लागि नेपाल आएको हो ।










