Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा कांग्रेसले बिर्सन नसकेको त्यो पुरानो घटना

  • २१ कार्तिक २०७९, सोमबार १७:१६

वलेवा, २१ कार्तिक । राष्ट्रिय जनमोर्चाको प्रभाव बागलुङ, प्युठान, अर्घाखाँचीलगायतका जिल्लामा अझै कायम छ । ती क्षेत्रमा बहुदलपछि राष्ट्रिय जनमोर्चाको दबदबा नै थियो । जनमोर्चाको लहरकै कारण विगतमा कतिपय बिर्सनै नसक्ने दुखद घटना पनि भएका थिए ।

ती घटना अहिले पनि कतिपयले बिर्सन सकेका छैनन् । त्यस्तै एउटा घटनाले कांग्रेसलाई अहिले पनि झस्काइरहन्छ । जुन घटना बागलुङको हो । २०४६ सालको परिवर्तनपछि जनमोर्चाका कार्यकर्ताहरुले आफूहरुलाई निकै ठूलो सास्ती दिने गरेको बागलुङस्थित कांग्रेसका स्थानीय नेता कार्यकर्ता बताउँछन् ।

आइतबार सोही घटनाका प्रत्यक्षदर्शी यमलाल कंडेलले एक फोटो सार्वजनिक गर्दै घटनालाई पुनः स्मरण गराएका छन् । जापानमा रहेका कंडेलले सामाजिक संजालमा पोस्ट गरेको फोटोमा तत्कालीन जनमोर्चाका कार्यकर्ताले कांग्रेस कार्यकर्ताको टाउको फुटाएको दर्दनाक अवस्था देखिन्छ । सो घटनामा कांग्रेसका नेताहरुको सामूहिक हत्या प्रयास भएको जानकारहरु बताउँछन् ।

सो घटना २०५४ साल चैत महिनाको हो । तत्कालीन दमेक गाविसमा भएको निर्वाचनमा जनमोर्चाका नेता परी थापाका भाइ लाल बहादुर थापा र नेपाली कांग्रेसका प्रेम सापकोटा स्थानीय निर्वाचनमा गाविसको अध्यक्षमा उम्मेदवार थिए । दमेक गाविस जनमोर्चा ९मसाल० को पकड गाउँको रुपमा चर्चित थियो । पहिलो चरणको निर्वाचनमा जनमोर्चाका कार्यकर्ताहरुले अवरोध गरे पछि स्थागित भएको थियो । दोस्रो चरणमा हुने मतदान हुने दुई दिनअघि नेपाली कांग्रेसका जिल्ला नेताहरुको टोली चुनावी प्रचारमा सामेल हुन दमेक पुगेका थिए ।

टोलीमा नेपाली कांग्रेस पूर्व जिल्ला सभापति गोविन्द कंडेल, पार्टी सभापति मणिभद्र कंडेल, नेताहरु रामप्रसाद आचार्य र टंक कडेल सुन्तलाचौर तर्फ जाँदै थिए । उनीहरु गाउँमा पुगेको खबर पाएपछि कांग्रेसको टोलीमाथि हत्याको प्रयास गरिएको एक प्रत्यक्षदर्शीले अहिले पनि सम्झना गर्छन् । आक्रमणकारीले नेता गोविन्द कंडेल र मणिभद्र कंडेललाई मरासन्न हुने गरी कुटेका थिए ।

गोविन्द कंडेल बेहोस थिए । मणीभद्र, टंक र गोविन्द कंडेलको टाउको फुटेको थियो । उनीहरु मरिसकेको भन्दै जनमोर्चाका कार्यकर्ताले बारीमा फालेर हिँडेका थिए । रामप्रसाद आचार्य भने सो घटनामा भाग्न सफल भएका थिए । बारीमा घाइते अवस्थामा हरेको बेला स्थानीय एक परिवारमा विवाहमा जान लागेका जन्तिहरुले उनीहरुको उद्धार गरेका थिए ।

तत्कालिन नेविसंघको नेता लिलाधर कंडेल र तत्कालिन रेडियो नेपालका बाग्लुङ प्रतिनिधि नारायण कंडेलले जंगलबाटो हुँदै लुकीछिपी कुस्मीशेरा पुगेर औषधि ल्याएर प्राथमिक उपचार गराएपछि गोविन्द कंडेल होसमा आएका थिए । पछि फुटेको टाउकोमा ब्याण्डेज लगाएर रायडाडाको बाटो हुँदै जिल्ला सदरमुकाम बाग्लुङमा उनीहरुलाई उपचारका लागि पठाएको थियो । मणिभद्र कंडेल अहिले गण्डकी प्रदेशका पर्यटन मन्त्री छन् । गोविन्द कंडेल र टंक कंडेल नेपाली कांग्रेसका पूर्व सांसद समेत हुन् ।

नेपाली कांग्रेसका कार्यकर्ताको मानसपोटलमा अहिले पनि जनमोर्चाले दिएको यातना पटक पटक स्मरण गर्छन् । नेपाली कांग्रेस बाग्लुङका नेता तथा पूर्व सांसद गोविन्द कंडेलका छोरा शेखर कंडेलले सामाजिक संजाल फेसबुक मार्फत अहिलेका मित्रहरुले उति बेलाको के ख्याल गर्ने त ‘लोकतन्त्र तेसै आएको हो नि त भन्दै व्यंग्य गरेका छन् ।

उनले भनेका छन्, ‘मसालले टाउको फुटाए अहिले तिनैसंग गिलास फुटाउँदै हिँडेका छन् हाम्रा कांगेसी साथीहरु ।’ यम कंडेलले भनेका छन्, ‘मैले लिएको फोटो हो, म पनि थिएँ । राजनीतिको सहकर्मी नेतागणलाई स्मरणमा रहोस्, रातारात दमेक, अमलाचौरको धुरी, नारायणस्थान हुँदै कुश्मा पर्वत पुगेर ज्यान सुरक्षित भएको महशुस गरिएको थियो।’

बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ ख का नेपाली कांग्रेसको उम्मेदवार डिल्लीराम सुवेदीले जनमोर्चाका कार्यकर्ताले दिएको यातनाका कारणले हिजो घाउहरु अझै दुखेको स्वीकार गरेका छन् । उनले जनमोर्चाका कार्यकर्ताको कुटाईका कारण अझै पनि घाउहरु दुखेको साँचो भएको बताए । धौलागिरी टेलिभिजनको लागि दिएको एक अन्तरवार्तामा टाउमा लगाएका टाँकाहरु अहिलेको चिसो मौसममा दुखिरहेको बताए । उनले ती घाउहरुको कारणले केही अप्ठ्याराहरु रहेको बताउँदै गत स्थानीय निर्वाचनपछि जनतामा एकता, माया र सदभावको वातावरण बनेको दावी गरे ।

यसैगरी बाग्लुङ क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार डा सूर्यप्रसाद पाठकले जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनहरुमा धाँधली गरेर मात्र निर्वाचनमा सफलता प्राप्त गरेको दावी गरेका छन् । डा पाठकले चित्रबहादुर केसीले जितेका कुनै पनि निर्वाचन निश्पक्ष र धाँधली रहित नभएको अभिव्यक्ति सार्वजनिक रुपमै दिएका छन् । २०५४ र २०६४ सालको आम निर्वाचनमा जनमोर्चा कार्यकर्ताहरुले जिल्लाका केही मतदानस्थललाई आफ्नो कब्जामा लिएर एकलौटी मत खसालेको अनुभव पाठकले सुनाए ।

बागलुङ १ मा आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनको समर्थनमा चित्रबहादुर केसी उम्मेदवार छन् भने एमालेका सूर्य पाठकले केसीलाई टक्कर दिएका छन् ।

आजको राजधानी दैनिकमा खबर रहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते

अस्थायी र करार कर्मचारी पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

टिकटक बनाउने क्रममा बगेर महिला बेपत्ता

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki