Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘नेपाल र अष्ट्रेलियाबीचको ब्यापार बृद्धिका लागि ध्यान दिनुपर्ने बेला आएको छ’

  • २४ आश्विन २०७५, बुधबार ०५:३९

अष्ट्रेलियाको मेलबर्नमा नेपाल अष्ट्रेलिया विजनेस फोरम २०१८ सम्पन्न भएको छ । नेपाल र अष्ट्रेलियाबीचको व्यापार अभिबृद्धि गर्न उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा नेपाली र अष्ट्रेलियन सरकारी अधिकारी तथा अष्ट्रेलियामा ब्यावसाय गरी रहेका केही ब्यावसायिक नेपालीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका भिक्टोरियाका अर्थमन्त्री तथा बहुसंस्कृति मन्त्री रविन स्कटले सन् २०११ देखि २०१६ को पाँच वर्षको अवधिमा भिक्टोरियाको नेपाली समूदाय एक सय १७ प्रतिशतले बढोत्तरी भएको र ब्यापारको कुरा सही समयमा सुरुवात भएको बताए । नेपाल र अष्ट्रेलियाबीचको ब्यापार बृद्धिका लागि हामीले ध्यान दिनुपर्ने बेला आएको छ, उनले भने, सेवा होस् वा वस्तुको हरेक चिजको आदानप्रदान बृद्धिका लागि नेपाल सरकारसँग मिलेर काम गर्न हामीहरु तयार छौं । तर, यसका लागि अष्ट्रेलियामा रहेको नेपाली समूदायले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ ।’

कार्यक्रममा सहभागि अर्का अतिति नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीकर्ताहरुलाई आइपर्ने समस्याहरुको समाधान युद्धस्तरमा गरिनेमा भरोसा दिलाए । उनको भनाइ थियो, नेपालको निर्माणमा अरबौं बजेट चाहिएको र यो वैदेशिक लगानीविना पूरा हुन नसक्ने देखिन्छ ।

पर्यटनमा अथाह सम्भावना भएकोले वैदेशिक लगानीसँगै विदेशको प्रविधि र यहाँको काम गर्ने शैली समेत हस्तान्तरणबाट मात्रै नेपालको परिवर्तन सम्भव रहेको अधिकारीको तर्क थियो । लगानीकर्ताहरुको सहुलियतको लागि सम्बन्धित देशसँग दोहोरो कर सम्बन्धी सम्झौता गर्न समेत सरकार तत्पर रहने आश्वासन उनले दिलाएका थिए । सामान्यतया २५ प्रतिशत कर लाग्ने भएपनि वैदेशिक लगानीको सवालमा यो २० प्रतिशत मात्र रहेको भन्दै अधिकारीले यस्तो लगानीलाई पाँच देखि १० वर्षसम्म कर छुटको व्यवस्था गरिएको पनि जानकारी दिए । उनले सम्झौताका बखत भएको कानूनकै आधारमा लगानी अघि बढ्ने र पछि आएका नियमले तिनलाई असर गर्ने भन्दै ढुक्क भएर लगानी गर्न अष्ट्रेलियन व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

डिफ्याटको नेपाल हेर्ने डेस्क प्रमुख म्याकग्रीले सहयोग र व्यापार अभिबृद्धिका निम्ति धेरै काम गर्न सकिने बताइन् । नेपालमा हालै भएको परिवर्तनका लागि बधाई दिँदै उनले निजी क्षेत्रलाई आकर्षित गर्नका लागि व्यापार मैत्री कानून बनाउनुका साथै अन्य विविध कुरामा ध्यान दिन सुझाइन् । शैक्षिक सेवा र पर्यटनको क्षेत्रमा गर्न किने धेरै सम्भावना रहेको उनको ठम्याई थियो । यस किसिमको कार्यक्रममा हुने छलफलबाट आएका सुझावलाई मनन गर्दै दुईपक्षीय सहकार्यका क्षेत्र पहिल्याउने पनि उनले बताइन् ।

एनआरएनका अध्यक्ष भवन भट्टले विजनेस फोरमको आयोजनाले नेपाल र अष्ट्रेलियाबीच व्यापार अभिबृद्धि होस् भन्ने शुभकामना दिए । अध्यक्ष भट्टले अहिलेको सरकारले सम्बृद्धिको लािग देखेको सपना पूरा गर्न विश्वका विभिन्न कुनामा रहेका नेपाली तयार रहेको बताउँदै अध्यक्ष भट्टले विश्वको एघारौं ठूलो अर्थतन्त्र अष्ट्रेलियासँगको सहकार्य नेपालको लागि महत्वपूर्ण हुने भन्दै नेपालबाट अष्ट्रेलियामा निर्यात गर्ने सेवा र सामग्रीको खोजी गर्दै व्यापार घाटालाई कम गर्नुपर्ने पनि उनको धारणा थियो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाल संघीयतामा गईसकेको र राज्यका सबै तह पूर्ण बनिसकेको अवस्थामा लगानीका लागि उपयुत्तः हुने भन्दै व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरिन् । नेपालको अहिलेको अवस्था अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई अवसर भएको बताउँदै अष्ट्रेलिया र नेपालबीच जनता जनताबीचको सम्बन्ध विस्तार गर्दै दुईपक्षीय लगानीका नयाँ आयामहरु खोज्नुपर्ने पनि उनको धारणा थियो ।

एनआरएनका पूर्वअध्यक्ष शेष घलेले डायस्पोरामा नेपालीहरुले देखेको र अभ्यास गरिरहेका शिप, ज्ञान नेपालमा आवश्यक रहेको धारणा राखेका थिए । उनले नेपालमा जाँदा अष्ट्रेलियाको सम्झना हुने र अष्ट्रेलियामा आउँदा नेपालमा केही गर्न पाए हुन्थ्यो भन्ने जस्तो अवस्थामा आफु रहेको भन्दै सुनाए । नेपालमा लगानीका विभिन्न क्षेत्रको चर्चा गर्दै कृषि उत्पादन, मासुजन्य उत्पादन, पोलिटेक्निक शिक्षाको विस्तार, जलश्रोत, पर्यटन, नवीकरणीय ऊर्जा, शिक्षा लगायतमा दुई देशबीच लगानीकर्ताको सहकार्य हुनसक्ने धारणा राखे ।

कार्यक्रममा उपस्थितहरुलाई धन्यवाद ज्ञापन गर्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक महावािणज्यदूत चन्द्र योन्जनले दूतावास र महावाणिज्यदूतको कार्यालयहरु नेपालमा लगानी गर्न चाहने अष्ट्रेलियनहरुलाई समन्व्य गर्न सदा तत्पर रहेको बताए । नेपालमा लगानी गर्ने अहिले सबैभन्दा उपयुक्त अवसर भएको दोहोर्याउँदै महावाणिज्यदूत योन्जनले नेपालको सम्बृद्धिका लागि उद्योग, कलकारखाना र सेवाको विकास हुनुपर्ने भन्दै तिनै क्षेत्रमा अष्ट्रेलियन निजी क्षेत्रको लगानी पहिचान गर्न कार्यक्रम आयोजना गरिएको धारणा राखेका थिए ।

उक्त अवसरमा नेपालमा वैदेशिक रोजगारीको सम्पूर्ण जानकारी लगानी बोर्डकै अधिकारी रतिस बस्नेतले दिएका थिए । उनको नेपालमा लगानीको वातावरण र अवसरहरु नामक प्रस्तुतिमा नेपालमा लगानी गर्नका लागि हालको कानूनी, आर्थिक र सामाजिक वातावरणको प्रष्ट दृश्य देखाइएको थियो । कार्यक्रमको आयोजना अष्ट्रेलियास्थित नेपाली दूतावास र भिक्टोरियाको अवैतनिक महावाणिज्यदूतको कार्यालयले संयुक्त रुपमा गरेको हो । कार्यक्रममा नेपाल सरकारले अष्ट्रेलियाको विभिन्न राज्यका लागि तोकेका सबै महावाणिज्यदूतहरुको उपस्थिति थियो । समाचार एमएनटिभिको सहयोगमा

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki