Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

न्युजिल्याण्डमा चोरी हुन्छ भनेर कल्पना पनि गरेका थिएनौं

  • २४ आश्विन २०७५, बुधबार ०५:३९

न्युजिल्याण्डको रोटरुवा स्थित रेनल्फ स्ट्रिटमा रहेको एक घरमा म सहित पाँच जाना साथी बस्छौं । कलेज तोइ ओहोमाइ पोलिटेक रोटरुवामै भएकाले हामी पनि यही बस्छौं ।

न्युजिल्याण्ड आफैँमा एक सम्पन्न राष्ट्र हो । विश्वका मानिसहरु यहाँ आउन निकै आतुर देखिन्छन् । बस्न र घुम्नका लागि प्रमुख पाँच देशका नाम लिँदा न्युजिल्याण्ड पहिलो नम्बरमा पर्ला । यहाँको प्राकृतिक सौन्दर्यता अनी हावा पानी र शान्त वातावरणले सबैको मन लोभ्याइ रहेको हुन्छ ।

यहाँका नागरिकलाई नपुग्दो पनि केही छैन । उनीहरुका लागि सरकारले सबै खाले व्यवस्था गरिदिएको छ । निशुल्क स्वास्थ्य, शिक्षा, बेरोजगारीलाई भत्ता त्यसका साथै बालक अनी बृद्ध भत्ता लगायतको व्यवस्था गरेको छ । कुनै क्षेत्रमा लगानी गर्न चाहेमा सरकारले त्यसका लागि पनि बेग्लै ब्यवस्था गरि दिएको छ । यसलाई यसरी भन्न रुचाउँछुकी, मानिसको जीवनमा चाहिने सबै खाले खुसी दिएको छ । त्यसैले यहीँको नागरिक बन्न आप्रबासीहरु मरिहत्ते गर्छन र यहीँको नागरिक पनि बन्छन् ।

नेपालबाट यहाँ आउनु अघि मैले पनि यस्तै यस्तै धेरै सकारात्मक कुराहरुकै बारेमा जानकारी लिएको थिँए । मलाई नकारात्मक कुनै पनि कुराको बारेमा जानकारि दिइएन । रोजगारीको कुनै समस्या छैन भनियो । शहरीया जीवनै जिउन पाइन्छ, राम्रो काम गर्न पाइन्छ, त्यो पनि आरामको काम हो । यहाँ सबै काम मेसिनबाट हुन्छ । मात्र मेसिनको सहयोगी बन्ने हो । यस्तै यस्तै पाठ पढाइएको थियो । मैले त्यसैलाई आधार माने । अनी उच्च भविश्यको यात्रा यहीँबाट थालनी गर्ने निधोका साथ न्युजिल्याण्ड आएँ गत नेभेम्बर इन्टेकको लागि ।

सुरुमा मलाई नेपालमा जे पाठ पढाइएको थियो र मैले जे पढेको थिँए । त्यही लाग्यो । आहा ! यहाँको सुन्दरता, अनी हावा पानी कुरै नगरौं । अकल्याण्ड सहरका भब्य महल, चिल्ला बाटो, अनी कमिला सरी गाडीको ताँतीले मैले जे सोचेको थिएँ, त्यही रहेछ भन्ने लाग्यो । यस्तो लाग्नु स्वभाविकै पनि थियो । हरेक कुरा निकै ब्यवस्थित लाग्ने ।

अकल्याण्डबाट यस्तै यस्तै अनेकन सुन्दर कल्पना गर्दै  एउटा सानो सहर रोटरुवामा आएँ, जहाँ अहिले हामी बसी रहेका छौं । कजेलले पनि हामीलाई राम्रौ रेसपोन्स गरेको थियो त्यसैले सुरुको हप्ता निकै राम्रो र रमाइलो नै बित्यो । तर, त्यसपछि जीन्दगीले सोचाइ भन्दा विलकुलै फरक मोड लियो । बास्तविक संघर्ष त्यहाँबाट सुरु भयो । माथिका सबै कल्पना जस्तै भए ।

यती सम्म त हामीले सहेकै थियौं । समय र परिस्थितिसंगै कुदी रहेका थियौं । राम्रो नराम्रो वा सारो गाह्े काम गरी रहेका थियौं । गुजारा चलाई रहेका थियौं । तर, हिजो आइतबार (जुन १०)को दिन सोच्दै नसोचेको घटना हुन पुग्यो । भन्नै लाज मार्दो, बेसरम मानी मानी भन्नु परेको छ  की न्युजिल्याण्डको रोटरुवामा हामी बसेको घरमा चोरी भयो । हाम्रा अति आवश्यक समाग्रीहरु दिउँसोको समयमा हरायो ।

हामीले मनको कुनै पनि कुनामा सोचेका थिएनौं की, हाम्रो घरमा चोरी होला, हाम्रा सामानहरु हराउलान भनेर । किनकी हामी निकै विकसित मुलुकमा छौं । यहाँ भएका मानिसहरुमा त्यस्तो गलत काम गर्ने समय नै छैन, भन्नेमा थियौं । तर, त्यो गलत रहेछ । हामी त भ्रममा बाँचेका रहेछौं । अहिले यस्तै लाग्न थाल्यो ।

हाम्रो सामान कस्ले चोरी गर्यो त्यो हामीलाई जानकारी छैन र चोरी भएको सामान फिर्ता पाइएला भन्नेमा पुर्ण आशावादी बन्न पनि सकि रहेका छैनौं । किनकी यहाँको प्रहरी प्रशासनबाट जस्तो खाले सहयोग पाउनु पर्ने हो, त्यो पाएनौं । प्रहरीको सहयोगनै राम्रो नभएपछि चोरी भएको सामान पाइने आसा गर्ने कुरा पनि भएन । सामान चोरी भएको जानकारी गराएको झण्डै पन्ध्र घण्टापछि प्रहरी आयो । जबकी हामी बसेको ठाउँबाट प्रहरी कार्यलय पुग्न दश मिनेट पैदल हिँडे पुग्छ । गाडीमा त दुई मिनेट पनि लाग्दैन । सामान चोरी भएको जानकारी पाएपछि सबै भन्दा पहिला प्रहरीलाई नै खबर गरेका थियौं । हामीलाई प्रहरीको आसा थियो ।

उसले सपोर्ट गर्ला भन्ने । नेपालमा त यस्ता घटनाका बारेमा जानकारी दिने वित्तिकै ढिलोमा पनि एक आधा घण्टामा प्रहरी घटना स्थलमै आइपुग्थे । तर, यहाँ त…
जब यहाँ प्रहरी आउन ढिला गर्यो, त्यसपछि हामीलाई प्रहरीको सहयोग राम्रो रहदैनकी भन्ने शंका थियौं । नभन्दै त्यस्तै भयो । सामान चोरी भएको एक दिन पछि प्रहरी आयो । सामान्य जानकारी लिएर गयो, बास ! त्यति हो । हामीलाई हेर्ने नजर नै फरक पायौं । त्यसैले जे सोचेका थियौं त्यो पुरै गलत रहेछ की भन्ने लागि रहेको छ ।

आज सोमबार कलेज गयौं । कलेजको इन्टरनेशनल सेन्टरमा पुगेर हिजोको घटनाको बारेमा जानकारी गरायौं । त्यहाँबाट पनि राम्रो सपोर्ट भएन । हाम्रो समस्याको समाधान कलेजले नगरे पनि उ एउटा दरिलो माध्यम त बन्नु पर्ने हो नी । त्यो पनि भएन । हामी आफैँले इन्सुरेन्स गरेको कम्पनी युनिकेयरमा सम्पर्क गरेर कलेजले उपलब्ध गराएको फर्म भरेर बुझाएका छौं । हेरौं उसले के गर्छ । सबै साथीहरुले आफ्ने हराएको विवरण बुझाएका छन् ।

यति बेला हामीहरु निकै तनावमा छौं । कोठाबाट साथी कृष्ण भुर्तेलको ल्यापटप, ज्याकेट, तीन जोर जुत्ता, थर्मकोट, जिन्स पाइन्ट, पर्स, पेनड्राइभ, एटिएम कार्ड चोरी भएको छ । अनिल भट्टराईको ल्यापटप, पेनड्राइभ, मेरो घडी, ज्याकेट, पाइन्ट, थर्मकोट, नवराजको ब्याग, पर्स, पेनड्राइभ, छालाको ज्याकेट, जुत्ता, मोवाइल र एक÷एक सय यूएस र न्युजिल्याण्ड डलर चोरी भएको छ त्यसैगरी निर्देश थपलियाको पासपोट र घडी चोरी भएको छ ।

आज एसाइनमेन्टको अन्तिम दिन थियो । हामीले साथीहरुकै ल्यापटपबाट काम चलाइ रहेका थियौं । सबैको एसाइनमेन्ट हराइको ल्यापटपमा थियो । त्यो बुझाउन सकेनौं । धन्न शिक्षकहरुले सहयोग गर्नु भयो । केही राहात मिल्यो । अरु सामान हराउँदा भन्दा पनि साथी निर्देशको पासपोर्ट हराउँदा हामी सबै निकै तनावमा छौं । उ त मानसिक पिडामा छँदै छ ।

अब यहाँबाट हामीलाई सर्नु छ । भनेको बेलामा यहाँ कोठा पाउनु निकै कठिन छ । विद्यार्थी अवधिभर २० घण्टा भन्दा बढी काम गर्न पाइदैन । एक त काम पाउन पनि निकै मुस्किल छ । बसाई निकै महंगो छ । त्यसका साथै एक माथि अर्को तनाव थपिदै छ । म चाहन्छु यस्तो तनाव अरु कसैलाई पनि नपरोस् । जुन सपना बोकेर न्युजिल्याण्ड आएका छन्, त्यसै अनुसार उनीहरुको यात्रा अघि बढोस मात्र यही भन्छु ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङ कारागारमा मतदान सकियो

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki