Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

मालढुङ्गा पुल आज देखि संचालनमा आयो

bk logo final png
  • बागलुङखबर
  • २६ आश्विन २०८३, सोमबार १५:२३

बागलुङ, २६ असोज । बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आज देखि संचालनमा आएको छ ।

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि बन्द रहेको पर्वत–बागलुङ जोड्ने मालढुङ्गा पुल सोमबारदेखि संचालनमा आएको हो ।

बाढीले पुलको पहुँच सडक बगाएपछि १६ दिनदेखि पुलमा सवारी आवागमन रोकिएको थियो । पहुँच सडक मर्मतपछि पुल संचालनमा आएको सडक डिभिजन कार्यालय, पोखराका इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिनुभयो ।

पुल बनेसँगै बागलुङ हुँदै पश्चिमतर्फ सिधा यातायात सेवा संचालनमा आएको उहाँको भनाइ छ । उक्त पुल अवरुद्ध हुँदा धवलागिरि क्षेत्रका विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित बनेको थियो ।

चाडबाडको मुखमा मुख्य सडकमार्ग बन्द हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको थियो । महँगो भाडा तिरेर घुमाउरो वैकल्पिक सडकबाट यात्रा गर्नुपर्ने बाध्यता थियो ।

ढुवानी प्रभावित हुँदा बजारमा मालसामानको भाउ बढेको थियो । मालढुङ्गाको पुल भत्केपछि लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट बागलुङ हुँदै काठमाडौँसम्मको बस सेवा ठप्प भएको थियो ।

साना सवारीसाधन पर्वतको दोबिल्लाबाट फलेवास, जैमिनीघाट हुँदै कालीगण्डकी करिडोर भएर बागलुङ भित्रने गरेका थिए । केही सवारीसाधन मालढुङ्गादेखि म्याग्दीको बेनी बजार, रत्नेचौर हुँदै यात्रु लिएर बागलुङ पुग्ने गरेका थिए ।

मालढुङ्गा नजिक रहेको खनियाघाटको झोलुङ्गे पुलबाट पनि सर्वसाधारण आउजाउ गर्दै आएका थिए । साना सवारीसाधनबाट खनियाघाट पुगेका यात्रु झोलुङ्गे पुल तरेपछि अर्को सवारीसाधनमा बागलुङ बजारसम्म पुग्ने गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki