Skip to content

follow us

baglungkhabar.tv

23rd October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

खानेपानी मर्मतमा नेपालीसेना सेनासहितको सुरक्षा निकाय सक्रिय

bk logo final png
  • बागलुङखबर
  • १७ आश्विन २०८३, शनिबार १९:४४

बागलुङ, १७ असोज । बागलुङमा खानेपानी मर्मतमा नेपालीसेना सहितको सुरक्षा निकायले सक्रियता देखाएको ।
बागलुङ बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप जोखिमपूर्ण स्थानमा क्षति पुगेपछि नेपाली सेनाको सहयोगमा मर्मत तथा जडान गरिएको छ।
असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङ नगरपालिका–९ स्थित रिठेखोलाबाट आएको खानेपानीको पाइप काठेखोलामा क्षति पुगेको थियो। जोखिमपूर्ण स्थानमा रहेको उक्त पाइप नेपाली सेनाको कालिजंग गण, घोडाबाँधेको टोलीले दुई दिन लगाएर मर्मत तथा जडान गरेको हो।

उक्त पाइपबाट प्रतिसेकेन्ड चार लिटर पानी आपूर्ति भइरहेको कालिजंग गण, घोडाबाँधे ब्यारेकका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीले बताउनुभयो। काठेखोलामाथिको जोखिमपूर्ण स्थानमा सेनाको सहयोगमा पाइप जडान गरिएको उहाँले जानकारी दिनुभयो।

वर्षाका कारण आएको बाढी, पहिरो तथा भू–क्षयले खानेपानी आपूर्ति गर्ने पाइप तथा संरचनामा क्षति पुगेपछि बागलुङ बजारमा खानेपानीको नियमित आपूर्ति अवरुद्ध भएको थियो। नगर खानेपानी तथा उपभोक्ता संस्थाको जनशक्ति पर्याप्त नभएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा बागलुङ नगरपालिकाको नगर प्रहरीको सहयोगमा मर्मतको काम भइरहेको छ।

बागलुङ बजारमा दैनिक झण्डै ३५ लाख लिटर पानी खपत हुने गरेकोमा शुक्रबारदेखि करिब २० लाख लिटर पानी आपूर्ति हुन थालेपछि खानेपानीको समस्या आंशिक रूपमा समाधान हुँदै गएको नगर खानेपानी तथा उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष’ले बताउनुभयो।

हाल तित्याङको रिठेखोला, कैलामपोखरीबाट लिफ्टमार्फत तथा रेशबाट बागलुङ बजारमा पानी आपूर्ति भइरहेको छ। भुँदी खोलाबाट पानी ल्याउने संरचनामा ठूलो पहिरो गएकोले त्यहाँबाट पानी आपूर्ति गर्न अझै केही समय लाग्ने जिसीले बताउनुभयो।

खानेपानीको समस्या भएपछि रातामाटा उपभोक्ता संस्था र पाखाथर उपभोक्ता संस्थाको ओभरफ्लो पानी नगर खानेपानीको ट्याङ्कीमा ल्याएर वितरण भइरहेको छ। सुल्डाडाको रिजर्भ ट्याङ्कीबाट बागलुङको मुख्य बजार, गुठी र रामरेखा क्षेत्रमा पानी वितरण भइरहेको छ भने रातामाटाको पुरानो ट्याङ्कीबाट श्रीनगरटोल, उपल्लाचौर र वडारचौर क्षेत्रमा पानी वितरण भइरहेको छ।

खानेपानीको अभावका कारण बजार क्षेत्रको जनजीवन कष्टकर बन्दै गएपछि तत्काल वैकल्पिक माध्यमबाट पानी उपलब्ध गराउन बागलुङ नगरपालिकाको दमकलमार्फत समेत पानी वितरण गरिएको थियो। पर्याप्त पानी उपलब्ध हुन नसकेपछि दमकलबाट पानी लिन स्थानीयवासीको भीड लाग्ने गरेको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki