बागलुङ, १० असोज । बागलुङमा पहिरोमा परि एक जनाको मृत्यु भएकाो छ । गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर बागलुङको ताराखोला गाउँपालिका – ५ धस्मरमा एक जनाको मृत्यु भएको छ ।
घरमै सुतिरहेको अवस्थामा पहिरोमा पुरिएर ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको वडा सदस्य तारानाथ कँडेलले जानकारी दिनुभयो ।
पहिरोबाट शव उद्धार गरिएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय, ताराखोलाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।







