Skip to content

follow us

baglungkhabar.tv

20th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सिवाईसी साकोसको इलाकास्तरीय बैठक बेनीमा सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • ३ आश्विन २०८३, शनिबार १३:४१

म्याग्दी,३ असाेज ।  सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको इलाकास्तरीय बैठक तथा अन्तरक्रिया कार्यक्रम म्याग्दीको बेनीमा सम्पन्न भएको छ।

सहकारीले शेयर सदस्य वृद्धि, ऋण लगानी तथा असुली, संस्थागत समन्वय, सहकारी शिक्षा, सदस्य सक्रियता तथा आगामी कार्ययोजनाका विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा सिवाईसी साकोसको म्याग्दी इलाकाअन्तर्गतका बेनी र जलजला सदस्य सेवा केन्द्रका सञ्चालन तथा व्यवस्थापन उपसमिति, सेवाकेन्द्र प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाका प्रबन्धक नवराज काफ्लेले संस्थाको लक्ष्य प्राप्तिका लागि सेवाकेन्द्र, सञ्चालन तथा व्यवस्थापन उपसमिति र कर्मचारीबीच प्रभावकारी समन्वय तथा संस्थाको समग्र अवस्था, हालसम्मको प्रगति तथा आगामी कार्यदिशाका विषयमा जानकारी गराउनुभयो।

बेनी सदस्य सेवा केन्द्र प्रमुख शारदा रेग्मी पौडेल र जलजला सदस्य सेवा केन्द्र प्रमुख बद्रीप्रसाद पौडेलले आ–आफ्ना सेवाकेन्द्रको पछिल्लो दुई महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।

संस्थाका सहसचिव एवं म्याग्दी इलाका समन्वय समितिका संयोजक सुबास आचार्यले बैठकबाट प्राप्त सुझाव, छलफल र निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बदलिँदो वित्तीय वातावरण, प्रविधिको विकास, सदस्यहरूको बढ्दो अपेक्षा तथा वित्तीय जोखिमलाई ध्यानमा राख्दै सहकारीको सेवा प्रणालीलाई समयानुकूल बनाउँदै लैजानुपर्ने बताउनुभयो।

आचार्यले डिजिटल प्रविधिको प्रयोग, वित्तीय साक्षरता, उद्यमशीलता विकास, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह तथा सदस्यहरूको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो।

कार्यक्रममा बेनी सदस्य सेवा केन्द्रका संयोजक भीमबहादुर श्रेष्ठ, जलजला सदस्य सेवा केन्द्रका संयोजक इन्द्रप्रसाद आचार्य, बेनी सदस्य सेवा केन्द्रका परामर्शदाता दीपेन्द्र श्रेष्ठ र तुल्सीनाथ सुवेदीलगायत दुवै सेवाकेन्द्रका सञ्चालन तथा व्यवस्थापन उपसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रम संस्थाका सहसचिव एवं म्याग्दी इलाका समन्वय समितिका संयोजक सुबास आचार्यको अध्यक्षता, बेनी सदस्य सेवा केन्द्रका संयोजक भीमबहादुर श्रेष्ठको स्वागत तथा सचिव माधव आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।

बैठकले १७औँ इकाइगत वार्षिक साधारणसभामा सदस्यहरूको सहभागिता वृद्धि गर्ने, सदस्यसँग प्रत्यक्ष संवाद तथा समन्वयलाई प्रभावकारी बनाउने, गाउँ–टोल समन्वय उपसमिति गठन तथा पुनर्गठन गर्ने र सदस्य सक्रियता अभिवृद्धिका लागि प्रभावकारी रणनीति बनाउने निर्णय गरेको छ।

त्यस्तै, सहकारी, वित्तीय तथा प्रविधि साक्षरता कार्यक्रम सञ्चालन गर्ने, ऋण असुलीलाई प्राथमिकताका साथ अघि बढाउने तथा सेवाकेन्द्रको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ। बागलुङमा केन्द्रिय कार्यलय रही विभिन्न २५ सेवा केन्द्र मार्फत सेवा दिदै आएको सस्थाले २५ सेवा केन्द्रलाई ७ वटा कलस्टर मार्फत इलाकास्तरीय समीक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यस अभ्यासमार्फत संस्थाका सदस्य सेवाकेन्द्रहरूको कार्यसम्पादनमा एकरूपता, पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

भर्खरै

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

सिवाईसी साकोसको इलाकास्तरीय बैठक बेनीमा सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki