Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

bk logo final png
  • बागलुङखबर
  • २४ भाद्र २०८३, बुधबार ११:३४

बागलुङ , २४ साउन । गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने भएको छ । उनले जन्म जिल्ला म्याग्दीबाट ‘नयाँ अभ्यास’ सुरु गर्दैछन् ।

नेपाली संगीत जगतमा आधुनिकता र परम्परागत लोकधुनलाई सुन्दर ढंगले मिसाएर नयाँ स्वाद प्रस्तुत गरिरहेका गायक दुतराजले आफ्नै ‘दुतराज प्रकाश एण्ड नयाँ अभ्यास’ लोक साङ्गीतीक म्युजिक ब्याण्ड सार्वजनिक गर्न लागेका हुन् ।

भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट सिर्जित राष्ट्रिय शोकका कारण यसअघि भदौ १२ गते तय गरिएको कार्यक्रम स्थगित गरिएको थियो। अब परिस्थिति सामान्य बन्दै गएसँगै म्याग्दीबाट पुनः सांगीतिक यात्रा सुरु गर्न लागिएको हो।

दुतराजको ब्याण्ड सार्वजनिक गर्नका लागि म्याग्दी उद्योग वाणिज्य संघले भदौ २७ गते म्याग्दीको बेनी बजार स्थित खुल्ला मञ्चमा साँगितीक साँझको आयोजना गरेको छ । प्रवेश निशुल्क रहेको उक्त साङ्गीतीक साँझमा गायक प्रकाश दुतराजको ‘दुतराज प्रकाश एण्ड नयाँ अभ्यास’को प्रस्तुती रहने छ ।

गृह जिल्ला म्याग्दीबाट आफ्नो १४ वर्ष पुरानो साङ्गीतीक सपना पुरा हुन लागेको भन्दै गायक दुतराजले माया र आर्शिवाद दिनका लागि सबैलाई उपस्थित हुन आग्रह गरेका छन् । दुतराजको म्युजिक ब्याण्डमा देशका विभिन्न जिल्लाका ३५ जना भन्दा बढी कलाकारहरुको आवद्धता रहको बताइएको छ ।

दुतराजका गीतमा गाउँघरको जीवनशैली, प्रेम, बिछोड र सामाजिक भावनाको गहिरो चित्रण पाइन्छ । यही कारण उनका सिर्जनाहरूले युवापुस्तासम्म लोकसंगीतको आकर्षण पुर्‍याएका छन् ।
उनका ‘घर कता हो बैनीको’, ‘रिमाई’, ‘जुन माया’, ‘देउरालीमा’, ‘मनमाया’ लगायतका गीतहरू चर्चित छन् ।

परम्परागत वाद्ययन्त्र मादल, सारंगी, बासुरीलाई आधुनिक गिटार र ड्रमसँग संयोजन गरेर फ्यूजन शैलीमा प्रस्तुत गर्दै आएका गायक दुतराजले आफ्नो ब्याण्ड मार्फत पनि यही शैलीलाई निरन्तरता दिने बताएका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki