बागलुङ, २२ चदौ । बागलुङको छिमेकी जिल्ला म्याग्दीको बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्
सोमबार विहान साढे ११ बजे स्थानीय ७२ बर्षिया मनकुमारी घिमिरेको घरेलु हतियारको प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। मृतक घिमिरेको टाउको, शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको स्थानीयले बताएका छन् ।
हत्यामा संलग्न भएको आशंकामा मृतक घिमिरेका नाता पार्ने एक यूवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भएपनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
‘हामी घटनास्थलमै छौ, थप अनुसन्धान भइरहेको छ, हत्यामा संलग्नको सम्पूर्ण विवरण अनुसन्धान सकिएपछि सार्वजनिक गछौ’ प्रहरी निरीक्षक तिमिल्सिनाले भन्नुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।







