Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

bk logo final png
  • बागलुङखबर
  • २२ भाद्र २०८३, सोमबार १५:२२

बागलुङ, २२ चदौ । बागलुङको बलेवामा लागेको हरेलो मेलाको आयव्यय सार्वजनिक गरिएको छ ।

भदौ पहिलो मंगलबार बागलुङको ऐतिहासिक शक्तिपिठ भैरवस्थान मन्दिर परिसरमा संचालित ‘हरेलो मेला’को आयव्यय बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले सोमबार आयव्यय सार्वजनिक गरेको हो ।

बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको प्रसिद्ध भैरवस्थान मन्दिरको प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि गुठी व्यवस्थापन समितिले हरेलो पर्वको अबसरमा हरेक वर्ष हरेलो मेला गर्दै आएको छ ।

मेलामा कुल ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी भएको छ भने कुल ४ लाख ७३ हजार ६७५ रुपैयाँ खर्च भएको मेला आयोजक समितिका संयोजक एवं भैरवस्थान गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिए । मेलाबाट कुल २ लाख ८४ हजार ४४८ रुपैयाँ बचत भएको छ । बचत भएको रकम मन्दिर पुर्वाधारको पुर्वाधार निर्माणका लागि खर्च गरिने ढकालले बताए ।

मेलाका लागि बागलुङ नगरपालिकाले २ लाख २५ हजार रुपैयाँ, ग्लोबल आईएमई बैंकले १ लाख रुपैयाँ, प्रभु बैंकले ५० हजार रुपैयाँ, दिपक अधिकारीले ५१ हजार रुपैयाँ, कमल बहादुर हमाल (राजु)ले ५५ हजार ५५५ रुपैयाँ, बागलुङ नगरपालिका वडा नं. १२ बाट ५० हजार रुपैयाँ सहयोग भएको गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए ।

मेला व्यवस्थापनका निम्ती बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटाबाट २० हजार रुपैयाँ, वडा नं. १४ नारायणस्थानबाट २० हजार रुपैयाँ, वडा नं. ११ रायडाँडा र जैमिनी नगरपालिका वडा नंं १ कुश्मिसेरा वडा कार्यालयबाट १०/१० हजार रुपैयाँ कुश्मा नगरपालिकाबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

त्यसैगरी बलेवा एकता सहकारीबाट, कालिका भगवती गुठी व्यवस्थापन समिति, प्राज्ञन मोर्टसर्पाट चित्रबहादुर केसीबाट १० हजार रुपैयाँ गरी ३० हजार रुपैयाँ र खुद्रा चन्दाबाट ९१ हजार ५६८ गरी कुल ७ लाख ५८ हजार १२३ रुपैयाँ संकलन भएको कोषाध्यक्ष के.सीले जानकारी दिए । सहयोगका लागि बोलकोबल भएको केही रकम मेला आयोजकले भुक्तानी पाउन बाँकी रहेको उनले बताए ।

मेलामा सबैभन्दा धेरै कलाकारको पारिश्रमिक साउण्ड सिष्टम र खाना खाजामा खर्च भएको छ । साउण्ड सिष्टमका लागि ६८ हजार रुपैँया, खाजा खानाका लागि ५७ हजार ९०० रुपैयाँ र कलाकारका लागि खर्च १ लाख २१ हजार ५०० रुपैयाँ खर्च भएको कोषाध्यक्ष खत्रीले बताए । त्यस्तै पञ्चेबाजा व्यवस्थापनका निम्ती १० हजार रुपैयाँ, यातायातका लागि ४१ हजार ४५० रुपैयाँ, भजन मण्डलीका लागि १३ हजार ५०० रुपैयाँ, खर्च भएको छ भने । मेला व्यवस्थापनका निम्ती सिसिटिभी, पुजासामाग्री, नेमप्लेट, छपाइ लगायतमा समेत गरी कुल ४ लाख ७३ हजार ६७५ रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समितिले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki