Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

हेम–चन्द्र स्मृति पत्रकारिता पुरस्कार पत्रकार पन्तलाई

bk logo final png
  • बागलुङखबर
  • २० भाद्र २०८३, शनिबार १६:१०

बागलुङ२० भदौ । नेपाल पत्रकार महासंघ बागलुङमा स्थापित हेम–चन्द्र स्मृति पत्रकारिता पुरस्कार–२०८३ पत्रकार सृजना पन्तलाई प्रदान गरिएको छ।

मानव अधिकारको क्षेत्रमा निरन्तर कलम चलाउँदै पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै पन्तलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’ र पुरस्कार कोषका संरक्षक अधिवक्ता राम शर्माले पत्रकार पन्तलाई नगद रु ५० हजार, दोसल्ला र मालाले सम्मान गर्नुभएको थियो।

अधिवक्ता राम शर्मा र उहाँको परिवारले आफ्नी आमा हेमकुमारी शर्मा र बुबा चन्द्रदत्त शर्माको स्मृतिमा रु ५ लाखको हेमचन्द्र स्मृति पत्रकारिता पुरस्कार कोष पत्रकार महासंघ बागलुङ शाखामा स्थापना गर्नुभएको हो। कोष स्थापना भएपछि प्रदान गरिएको यो पहिलो पुरस्कार हो।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङका अध्यक्ष गीता श्रीष, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पुरस्कार कोषकी संरक्षक मन्दिरा शर्मा तथा सम्मानित व्यक्तित्व सृजना पन्तले मन्तव्य व्यक्त गर्नुभएको थियो।

पुरस्कृत पत्रकार पन्त नेपाल पत्रकार महासंघ बागलुङ शाखाकी उपाध्यक्ष तथा धौलागिरि जागरण दैनिककी सम्पादक हुनुहुन्छ।

उहाँले पत्रकारितामार्फत मानव अधिकार, महिला अधिकार तथा सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको छ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षतामा सम्पन्न पुरस्कार समर्पण कार्यक्रमको उपाध्यक्ष सुवास आचार्यले स्वागत र सचिव नारायण रिजालले सञ्चालन गर्नुभएको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki