Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङबाट एकीकृत रूपमा जिन्सी राहत पठाइने

  • १४ भाद्र २०८३, आईतवार १५:४३
बागलुङ, १४ भदौ । बागलुङबाट एकीकृत रूपमा जिन्सी राहत पठाइने भएको छ ।
 गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शनिबार बसेको बैठकले राहत संकलन तथा वितरण समिति गठन गर्दै जिल्लाभरबाट खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्री संकलन गर्ने निर्णय गरेको हो। संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयको समन्वयमा धादिङको बैरेनी पठाइनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजनमा बसेको बैठकले बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यको संयोजकत्वमा १० सदस्यीय राहत संकलन तथा वितरण समिति गठन गरेको छ।
समितिका सदस्यमा यातायात व्यवसायीबाट उमेश केसी, नेपाल पत्रकार महासंघबाट खेमराज गौतम, गैरसरकारी संस्थाबाट शालिकराम शर्मा, बैंकर्सबाट श्रीजय श्रेष्ठ, औषधि व्यवसायीबाट खगेश्वर पौडेल, नेपाल रेडक्रसबाट राजेन्द्र आचार्य, होटल व्यवसायीबाट ललिता थापा, नेपाल प्रहरीबाट यमनारायण अर्याल तथा जिल्ला प्रशासन कार्यालयबाट खिमबहादुर विक रहेका छन्।
समितिका संयोजक राजनकुमार शाक्यका अनुसार दुई दिनभित्र एक ट्रक राहत सामग्री संकलन गरी पठाइनेछ। राहतमा ४०० बोरा चामल, १०० कार्टुन खाने तेल, दाल, सोयाबिन, दालमोट, भुटेको मकै लगायतका तयारी खाद्यान्न तथा आवश्यक लत्ताकपडा संकलन भइरहेको छ।
संकलित राहत सामग्री बागलुङ उद्योग वाणिज्य संघमा राखिने र जिल्ला प्रशासन कार्यालयको समन्वयमा धादिङको बैरेनीस्थित बाढी प्रभावित क्षेत्रमा पठाइने जनाइएको छ।
Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बाढी पीडित विद्यार्थी तथा विद्यालयका लागि ग्रेस इन्टरनेसनलको आर्थिक सहयोग

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki