Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बाढीपहिरो पीडितको सहयोगमा प्रबुद्ध युवा समूहको पहल, तीज कार्यक्रम स्थगन गरी १ लाख रुपैयाँ व्यवस्थापन

bk logo final png
  • बागलुङखबर
  • १४ भाद्र २०८३, आईतवार १५:२१

बागलुङ, १४ भदौ ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा विभिन्न क्षेत्रमा गएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रबुद्ध युवा समूह, बागलुङले राहत तथा सहयोगमा हातेमालो गरेको छ ।

समूहले आयोजना गर्न लागेको “गण्डकी प्रदेश स्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता–२०८३” देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरेको थियो। कार्यक्रमका लागि उठेको रकममध्ये रु. १ लाख सामाजिक तथा मानवीय क्षेत्रमा सहयोगका लागि व्यवस्थापन गरिएको समूहले जनाएको छ।

उक्त रकममध्ये रु. ८५ हजार बाढीपहिरो प्रभावितका लागि राहत तथा सहयोगमा, रु. १० हजार नेपाल पत्रकार महासंघ बागलुङको लेखनवृत्ति कोषमा जम्मा गरिएको छ भने रु. ७ हजार पत्रकार सम्मेलन तथा अन्य व्यवस्थापन खर्चमा प्रयोग गरिएको समूहले जनाएको छ ।

सनिवार बसेको समूहको बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा तथा आसपासका क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिए ।

अध्यक्ष सुनारका अनुसार प्राकृतिक विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक संस्थाको दायित्व भएकाले सरकार तथा सम्बन्धित निकायलाई राहत र उद्धार कार्यमा सहयोग पुग्ने गरी विपद् कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायतका क्षेत्र प्रभावित भएका छन् ।बाढीले बस्ती, बजार, सडक, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको छ ।

विपद्को घडीमा उत्सवभन्दा मानवीयता ठूलो हो भन्ने सन्देश दिँदै कार्यक्रम स्थगित गरेर पीडितको सहयोगमा रकम परिचालन गरेको प्रबुद्ध युवा समूहको यो कदमले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता देखाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बाढी पीडित विद्यार्थी तथा विद्यालयका लागि ग्रेस इन्टरनेसनलको आर्थिक सहयोग

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki