बागलु्ङ, १४ भदौ । ग्रेस इन्टरनेसनलले बाढी पीडितलाई आर्थिक सहयोग छ ।
ग्रेस इन्टरनेसनलका सह–संस्थापक एन्ड्रयू पौडेलले बाढी प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुननिर्माणमा विशेष पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
पौडेलले शिक्षामन्त्रीसँग भेट गरी बाढी तथा विपद्का कारण प्रभावित विद्यार्थीको पढाइमा असर नपर्ने वातावरण बनाउन र क्षतिग्रस्त विद्यालयहरूको पुननिर्माणलाई प्राथमकितामा राख्न आग्रह गरेका हुन् ।
सो अवसरमा उनले ग्रेस इन्टरनेसनल ग्रुपको तर्फबाट बाढी प्रभावित क्षेत्रका विद्यार्थी तथा विद्यालयका लागि २५ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् ।







