Skip to content

follow us

baglungkhabar.tv

13th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङका ७ पालिकाको बाढी प्रभावित परिवारलाइ २६ लाख भन्दा बढि सहयोग

bk logo final png
  • बागलुङखबर
  • १३ भाद्र २०८३, शनिबार १२:०३

बागलुङ, १३ भदौ । बागलुङका ७ स्थानीय तहले बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि २६ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन्।

भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जिल्लाका बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, वडिगाड गाउँपालिका , काठेखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

गलकोट नगरपालिकाले रु छ लाख ७० हजार, बागलुङ नगरपालिकाले रु पाँच लाख, बडिगाड गाउँपालिकाले रु पाँच लाख,ढोरपाटन नगरपालिकाले रु ५ लाख ताराखोला गाउँपालिकाले रु दुई लाख, काठेखोला गाउँपालिकाले रु दुई लाख र जैमिनी नगरपालिकाले रु एक लाख सहयोग गर्ने भएका छन् ।

बागलुङ नगरपालिकाले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

बडिगाड गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको तीन दिनको तलब भत्तासहित रु पाँच लाख बराबरको सहयोग रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बाढी पीडित विद्यार्थी तथा विद्यालयका लागि ग्रेस इन्टरनेसनलको आर्थिक सहयोग

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki