Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

bk logo final png
  • बागलुङखबर
  • ६ भाद्र २०८३, शनिबार १९:४२

बागलुङ, भदौ ६ । बागलुङमा कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी एकदिने तालिम सकिएको छ ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजना तथा जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआईजेड) र चितवन उद्योग वाणिज्य संघको सहकार्यमा व्यवसायीलाई आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी नीति र व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

तालिममा जीआईजेडका प्रशिक्षक नवीनलाल श्रेष्ठले व्यवसायीलाई कर, मूल्य अभिवृद्धि कर, मिसम्याचलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले सरकारले प्रदान गरेका कर छुट तथा सहुलियतका व्यवस्था, मोबाइल बैंकिङ तथा सरकारले सञ्चालन गरेको चिठ्ठा कार्यक्रमलगायतका विषयमा समेत जानकारी गराउनुभएको थियो।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य सुमनकुमार श्रेष्ठले सरकारले संकलन गर्ने कर विकास निर्माण तथा नागरिकप्रतिको दायित्व पूरा गर्ने मुख्य स्रोत भएको बताउनुभयो।
उहाँले कर तिर्ने व्यवसायी र राजस्व संकलन गर्ने संयन्त्र एकअर्काका प्रतिस्पर्धी नभई देश निर्माणका सहयात्री भएको धारणा व्यक्त गर्नुभयो।

श्रेष्ठले कर नीति सरल र व्यवसायमैत्री हुनुपर्नेमा जोड दिँदै लगानी, उत्पादन र रोजगारी वृद्धि गर्न सकेमा राजस्वसमेत बढ्ने बताउनुभयो।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले सरकारले ल्याएका करसम्बन्धी नीति तथा व्यवस्थाबारे उद्योगी–व्यवसायी जानकार हुनु अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता तालिम तथा अन्तरक्रियाले व्यवसायीका जिज्ञासा समाधान गर्न र नीतिगत विषयमा स्पष्टता ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

तालिममा उद्योगी–व्यवसायी, वस्तुगत संघ–संस्थाका प्रतिनिधि, विद्यार्थी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षता तथा स्वागत र उपमहासचिव अर्जुन कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

व्यवसायीका जिज्ञासा समाधान गर्न तथा नीतिगत विषयमा स्पष्टता ल्याउन आगामी दिनमा पनि उद्योग–व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष शाक्यले बताउनुभयो।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki