Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

धवलागिरि बहुमुखी क्याम्पसको स्थापना दिवस मनाईयो

  • सुजन रेग्मी
  • २ भाद्र २०८३, मंगलवार १८:४१

बागलुङ, २ भदौ । धवलागिरि बहुमुखी क्याम्पसको स्थापना दिवस मनाईएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया कार्यक्रम गरि मनाएको हो ।

कार्यक्रममा सरोकारवालाले विद्यार्थीको शैक्षिक, मानसिक तथा व्यक्तिगत विकासका लागि प्रभावकारी मनोपरामर्श आवश्यक रहेको बताएका छन्।

विद्यार्थीहरूले अध्ययनका क्रममा विभिन्न मानसिक तथा सामाजिक चुनौती सामना गर्ने भएकाले समयमै उचित परामर्शको व्यवस्था हुनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा अभिभावक, शिक्षक तथा सरोकारवालाबीच विद्यार्थीको शैक्षिक अवस्था, व्यवहार, अनुशासन, भविष्यको योजना तथा क्याम्पसको शैक्षिक गुणस्तरका विषयमा छलफल भएको थियो।

सहभागीहरूले पछिल्लो समय विद्यार्थीहरूमा अध्ययनको दबाब, पारिवारिक समस्या, भविष्यप्रतिको अन्योल तथा विभिन्न सामाजिक चुनौती देखिने गरेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि क्याम्पस तहबाटै नियमित मनोपरामर्श सेवा सञ्चालन गर्नुपर्ने बताएका थिए।

उनीहरूले अभिभावक, शिक्षक र विद्यार्थीबीच निरन्तर समन्वय आवश्यक रहेको समेत औँल्याएका छन्। विद्यार्थीको रुचि, क्षमता र आवश्यकता पहिचान गरी उचित मार्गदर्शन गर्न सके उनीहरूको शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसको वर्तमान अवस्था, शैक्षिक गतिविधि, आगामी योजना तथा विद्यार्थीको हितका लागि सञ्चालन गर्न सकिने कार्यक्रमबारे पनि छलफल गरिएको थियो।

उक्त कार्यक्रमको संबोधन गदै धवलागिरि बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष दिन बहादुर थापाले अविभावहरुले प्रदान गर्नु भएका सुझावलाई आत्मसाथ गरी विद्यार्थीहरुमा समय सापेक्ष रुपमा विकास भएका परिवर्तन वा व्यवहारालाई सबैले अवलोकन गरी सुधार तर्फ लाग्ने परामर्सको कार्य सञ्चालन गरिने विचार गर्नु भएको थियो । क्याम्पसको गुणस्तर कायम राख्न अविभावक, विद्यार्थी, कर्मचारी र प्राध्यपक सबैले कार्य सम्पादन गर्ने पर्ने विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा अभिभावक नारायण आचार्य, आशा राजभण्डारी भारी ,बाबुराम केसी सुभास पौडेल दिपक सापकोटा, धवलागिरि बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष आश्मिन शेख, सदस्य विरोश क्षेत्री र गुणस्तर नियन्त्रण स्नातकका अध्यक्ष स्मृति शर्मा लगायतले बोलेका थिए ।

उनीहरुले आर्थिक अवस्थामा पनि पढ्न नसकेको विद्यार्थीलाई पढाईको रुचि जगाउनलाई अभिवाभकले भुमिका खेल्न समेत आग्रह गरे । विदेश जान खोजेको विद्यार्थीलाई पढ्नका लागि वातावरण  निर्माण गर्नुपर्ने बताए । विद्यार्थीले क्याम्पसमा मात्र पढेको नभएर घरमा पनि पढ्न वातावरन निर्माण गर्न आवश्यक रहेको उनीहरु बताए ।

-कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख सह.पाडा सुदर्शन सिलवालले कार्यपत्र प्रस्तुत गरेका थिएभने क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाको अध्यक्षता, सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्य र सहायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki