Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

लोक भाकामा प्रख्यात प्रकाश ब्याण्ड मार्फत आउँदै

bk logo final png
  • बागलुङखबर
  • ३१ श्रावण २०८३, आईतवार ०८:४२

बागलुङ,३१साउन । लोक तथा दोहोरी गायक प्रकाश दुतराजा अब देखि व्याण्ड मार्फत आउने भएका छन् ।

लोक भाकामा प्रख्यात भएका दुतराज अब भने समूह व्याण्डको रुपमा बजारमा आउने भएका छन् ।

उनले नयाँ अभ्यासको रुपमा पञ्चेबाजा, लोक तथा सांस्कृतिक बाजा बजाएर आफ्नो प्रस्तुती ल्याउन लागेको बताए । भदौ १२ गते जन्म जिल्ला म्याग्दीबाट यो अभ्यास शुरु गरेर देशभर यात्रा गर्ने उनले जानकारी दिएका छन् ।

अहिलेसम्म आधुनिक र पप गीतका गायकले मात्र व्याण्डको रुपमा आउने गरेकोमा उनले लोकभाकाको व्याण्ड बनाएको बताए । ‘यो नयाँ अभ्यास पनि हो, काम गर्दै सिक्दै जानेछु’ उनले भने, ‘पहिलो अभ्यास आफ्नै जिल्लाबाट थाल्न लागेको छु ।’ उनले यो अभ्यासका लागि ३५ जनाको टिम बनाएको बताए ।

मेला महोत्सवमा अहिलेसम्म एकल रुपमा गएर गाउने गरेकोमा अब भने उनले व्याण्डको रुपमा हिंड्ने योजनासहित पहिलो चरणमा भने निशुल्क कार्यक्रम गर्न लागेका हुन् । म्याग्दी उद्योग वाणिज्य संघ सहितका स्थानीय संस्थाहरुले यो अभियानलाई सहयोग गरेका छन् ।

उनले रिमै, जाम भो माइली, घर कता हो बैनीको, करिमा, मनमाया जस्ता लगा चर्चित लोक गीत छन् । उनका अधिकांस गीतहरु ग्रामीण परिवेश, सामुहिक नृत्य र मौलीक भाखाका छन् । उनका अधिकांस गीत संकलन, रचना र गायन समेत आफ्नै रहेकोमा त्यसलाई मौलीक बाजाको व्याण्डको रुपमा चिनाउन लागेका हुन् ।

दुतराज आउने भनेपछि देशभरका मेला महोत्सवमा सयौंको भीड लाग्ने गरेको छ । उनले त्यो भीड र आम नागरिकको चाहनालाई व्याण्डको रुपमा ल्याएको बताए । ‘यो मेरो सपना हो, सफलतामा पुग्ने चाहना छ’ उनले भने, ‘पहिलो चरणका अभियानमा साथ सहयोग र सुझाव दिएर लोकसंगीतको व्याण्डलाई सफल बनाउने जिम्मा श्रोता दर्शकको हुने छ ।’

बन्द कोठामा गीत रेकर्ड गरेर बाहिर आएका दुतराज अब खुला र समूहमा देखिने गरी आएका हुन् । उनले पत्रकार सम्मेलन गरेर यो जानकारी बाहिर ल्याइसकेका छन्

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki