Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

bk logo final png
  • बागलुङखबर
  • २४ श्रावण २०८३, आईतवार १८:२९

 बागलुङ , २४ साउन । बागलुङमा भोलिपनि ग्यास वितरण गरिने भएको छ ।

भोली (सोमबार) बजारका विभिन्न १८ स्थानबाट ग्यास सिलिण्डर वितरण गरिने भएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यका अनुसार जिल्ला सदरमुकाममा १८ वटा ग्यासका डिलर रहेकोमा सबैठाउँबाट वितरण हुनेछन् ।

‘बागलुङमा १८ वटा ग्यासका डिलर छन्, उहाँहरुले आफ्नो डिलरबाट आफ्ना ग्राहकलाई बेच्नुहुन्छ ।’ उहाँले भन्नुभयाे–‘ग्राहकलाई प्रयाप्त पुग्ने ग्यास वितरण हुनेछ ।’उहाँले दोहोरिने गरि र सञ्चित गर्ने गरि ग्यास सिलिण्डर नलिन नागरिकलाई आग्रह गर्नुभएको छ ।

‘ग्यास लैजाने सबै व्यक्तिको अभिलेखिकरण गरिएको छ, भोलीपनि गरिने छ, कसैले दोहोरो लगेको खण्डमा, सञ्चित गरेको खण्डमा कार्वाही गरिनेछ ।’ उहाँले भन्नुभयो–‘उपभोक्ताले नदोहोरिने गरि ग्यास पाउनेछन् ।’

गृहलक्ष्मी र शक्तिका दुबै ग्यास सिलिण्डर पाइनेछ ।

बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले बजारमा १ हजार ९२० वटा ग्यास सिलिण्डर वितरण हुने बताउनुभयो । उहाँका अनुसार १ हजार १७० गृहलक्ष्मी र ७५० वटा शक्तिका ग्यास सिलिण्डर रहेका छन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki