Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

मालढुङ्गाको पुल जोखिममा

bk logo final png
  • बागलुङखबर
  • २३ श्रावण २०८३, शनिबार १७:००

बागलुङ २३ साउन । बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुल जोखिममा परेको छ ।
अविरल वर्षापछि बढेको नदीको बहावले पुलको पर्वततर्फ रहेको मुख्य पिलरको जग कटान गरेपछि पुलको सुरक्षामाथि प्रश्न उठेको हो।

केहि दिनदखि लगातार परेको बर्षका कारण नदीको सतह बढेसँगै पुलको जगमा थप क्षति पुगेको र अहिले पनि जग क्षेत्रबाट माटो खसिरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख इन्जिनियर हरि सुवेदीका अनुसार पुलको अवस्थाबारे प्रारम्भिक निरीक्षण सम्पन्न गरिएको छ। थप प्राविधिक मूल्याङ्कनका लागि डिभिजन सडक कार्यालय पोखरालाई जानकारी गराइएको उहाँले बताउनुभयो।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डमा पर्ने मालढुङ्गा पुल यसअघि पनि नदीको धार परिवर्तन र कटानका कारण जोखिममा पर्दै आएको थियो। पुलको जग संरक्षणका लागि निर्माण गरिएको पर्खालसमेत भत्किएपछि पुलमा थप क्षति पुग्न सक्ने जोखिम बढेको छ।

नदीको बहाव निरन्तर बढिरहेको अवस्थामा पुलको जगबाट माटो खस्ने क्रम जारी रहेकाले तत्काल थप क्षति हुन सक्ने आशंका गरिएको छ। पुलमा कुनै गम्भीर क्षति भए बागलुङ–पर्वतसँगै पोखरा–बागलुङ सडकखण्डको यातायातसमेत प्रभावित हुन सक्ने देखिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईका अनुसार पुलको अवस्थालाई ध्यानमा राख्दै यात्रुबाहक तथा मालवाहक सवारीसाधनलाई उच्च सतर्कतासाथ मात्र सञ्चालन गर्न दिइएको छ।

पुलको जोखिमबारे थप प्राविधिक अध्ययन तथा आवश्यक संरक्षणका काम तत्काल अघि बढाउनुपर्ने अवस्था देखिएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki