Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

bk logo final png
  • बागलुङखबर
  • २१ श्रावण २०८३, बिहीबार ११:५५

बागलुङ, २१ साउन । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसका विद्यार्थीले स्नातक तहको सूचना सञ्चार तथा प्रविधि शिक्षा (बिआइसिटिइ)मा त्रिभूवन विश्वविद्यालयमा उत्कृष्ट स्थान प्राप्त गरेका छन् ।

स्नातक तहको पहिलो सेमेस्टरमा यहाँका विद्यार्थीहरु सर्वोकृष्ट र उत्कृष्ट बनेका हुन् । उत्कृष्ट हुनेमा रोहन थापा मगरले ३.७० जिपिए ल्याएर प्रथम भएका हुन् छन् । भने बन्दना सापकोटा र प्रश्ना भारी त्रिविमै द्वितिय भएका हुन् । दुवै जनाले ३.६३ अंक प्राप्त गरेको धौलागिरि बहुमुखी क्याम्पस (बिआइसिटिइ) विभागका प्रमुख शिव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

क्याम्पसमा पहिलो पटक यो विभाग गठन भइ पहिलो सेमेस्टरको पढाइ शुरु भएको थियो । गण्डकी प्रदेशमै त्रिविको आंगिक क्याम्पसमा (बिआइसिटिइ)को पढाइ पहिलो पटक यहाँ संचालन भएको हो । पहिलो पटक नै उत्कृष्ट भएपछि क्याम्पसमा खुसीयाली छाएको छ ।

‘हामीले सक्दो मेहेनत गरेर यो अवस्थामा ल्याउन सकियो’ पौडेलले भन्नुभयो, ‘विद्यार्थीको अथक मेहेनत पनि यहाँ मिसिएको छ ।’ यसअघि यो क्याम्पसमा संचालित बिबिएमा पनि विद्यार्थी नेपालभरमा उत्कृष्ट भएका थिए । अहिले पनि गण्डकी प्रदेशमा नियमित रुपमा उत्कृष्ट नतिजा ल्याईरहेका छन् ।

उत्कृष्ट नतिजा ल्याउन सकेकी सापकोटाले त अहिलेसम्म निजी विद्यालय समेत पढेकी छैनन् । बागलुङकै धवलागिरि वीरेन्द्र माविबाट एसईई उत्तिर्णपछि चितवनको नारायण नमूना माविबाट कक्षा १२ उत्तिर्ण गरेकी थिइन् । स्नातक तह पढ्न उनी चितवनबाट बागलुङ फर्केकी हुन् ।

‘विज्ञान विषय पढ्ने चाहना थियो, यो वर्ष नयाँ विषय आएको थाहा पाएपछि पढ्न आएँ’ सापकोटाले भनिन्, ‘जता गएपनि उत्कृष्ट बन्ने लक्ष्यले पढ्ने गरेकी छु ।’ यो परिणामले क्याम्पसको गरिमा र प्रचार समेत बढाएको उनले बताइन् ।

बाबु दिपक र आमा दुर्गाले गाउँमै सानो व्यवसाय गरिरहेकोले उनले पनि सहर पसेर पढ्ने चाहना छाडेर गाउँ फर्केकी थिइन् । बागलुङ नगरपालिका–४ का सापकोटा परिवारलाई छिमेकी क्याम्पसका शिक्षकहरुले भेटेरै बधाई दिइरहेका छन् ।

अर्की उत्कृष्ट विद्यार्थी भारीले पनि सहर नगइ आफ्नै स्थानमा पढ्ने लक्ष्य बनाएको बताइन् । उनले पनि यहाँको कालीगण्डकी माविमा एसईई र न्यू ओएसिस एकेडेमीमा कक्षा १२ उत्तिर्ण पछि (बिआइसिटिइ) शिक्षण गर्ने योजना बनाएकी थिइन् ।

यो विषय पढ्नेले विज्ञान विषयको स्नातकोत्तर समेत पढ्न पाउनेछन् । त्यस बाहेक शिक्षण लाइसेन्सका लागि पनि यो विषय सहयोगी मानिन्छ । पहिलो ब्याचका ३५ जना नै उच्च जिपिएसहित उत्तिर्ण भएको पौडेलले बताए ।

दुइ वर्षअघि यो क्याम्पसले गुणस्तर सुनिश्चित प्रत्यायन क्युएए प्रमाणपत्र पाइसकेको छ । उक्त प्रमाणपत्रको निरन्तरताका लागि समेत यो सफलताले साथ दिने क्याम्पस प्रमुख प्रा. डा. सुर्दशन सिलवालले जानकारी दिए । ‘श्रम बजारमा प्रतिस्पर्धी जनशक्ती उत्पादनका लागि यो परिणाम निकै सुखद हो’ सिलवालले भने, ‘मोफसलका कलेज पनि उत्कृष्ट बन्न सक्छन् भन्ने देखाउन सकिन्छ ।’

२०१९ सालमा स्थापना भएको धौलागिरि बहुमुखी क्याम्पसमा दर्जन विषयमा स्नातक र आधा दर्जन स्नातकोत्तर तहको शिक्षण समेत भैरहेको छ । विज्ञान विषयमा स्नातक तहको अध्यापन गरिरहेको क्याम्पसले राजधानीका क्यामपसको तुलनामा प्रतिस्पर्धी बनिरहेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki