Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

bk logo final png
  • बागलुङखबर
  • १९ श्रावण २०८३, मंगलवार २१:५०

बागलुङ, साउन १९। बागलुङमा रातिको समयमा खाना पकाउने ग्याँस बढी मूल्यमा बिक्री–वितरण गरिरहेको अवस्थामा प्रहरीले एक पिकअप भ्यान नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीका अनुसार साउन १८ गते राति करिब ८ः३० बजे बागलुङ नगरपालिका–१ रामरेखामा बागलुङ नगरपालिका–१३ निवासी ४३ वर्षीय भुपति जैसीले पिकअप भ्यानमार्फत गृहलक्ष्मी एलपी ग्यासका सिलिण्डर लुकाइछिपाई सर्वसाधारणलाई तोकिएको भन्दा बढी मूल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पिकअप भ्यानमा रहेका ६० थान ग्यास सिलिण्डरमध्ये ४१ थान भरिएका र १९ थान बिक्री भइसकेका खाली सिलिण्डर फेला परेका छन्। ग्यास सिलिण्डरसहित पिकअप भ्यान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्ति र पिकअप भ्यानलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय बागलुङबाट कालोबजारीसम्बन्धी कसुरमा सात दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको डीएसपी त्वातीले जानकारी दिनुभयो।

Share

प्रतिक्रिया

थप समाचारहरु

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki