Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रास्वपा बागलुङको सभापति पदमा दुईजनाको उम्मेद्धारी

  • १६ श्रावण २०८३, शनिबार १६:१२

बागलुङ १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको सभापति पदमा दुईजनाको उम्मेद्धारी परेको छ ।

सभापतिमा ढालेन्द्र माझी र पुनम प्रसाद शर्माले उम्मेदवारी दर्ता गरेको जिल्ला अधिवेशन निर्वाचन समितिका निर्वाचन प्रमुख डा. राम गुरुङले जानकारी दिनुभयो । अधिवेशनमा विभिन्न पदका लागि २० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

उपसभापति पदमा खिमानन्द पौडेल र देवु बुढाथोकी, सचिवमा लिलबहादुर खत्री (बबिन) र प्रकाश रिजाल, सहसचिवमा हेमलाल उपाध्याय (बालकृष्ण) र कमलप्रसाद खरेलले उम्मेदवारी दिएका छन् ।

सदस्य पदमा खिमलाल जैसी सापकोटा, सुनिता वि क, हुमकुमारी भण्डारी, ओमप्रसाद न्यौपाने र दुर्गा गौतम उम्मेदवार बनेका छन् ।
जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं. १ संयोजकमा रामप्रसाद अधिकारी र यमकुमार मल्ल, जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं. २ संयोजकमा हिमाल खत्री र कृष्णबहादुर नेपाली प्रतिस्पर्धामा छन् ।

यस्तै, निर्वाचन क्षेत्र नं. १ (ख) संयोजकमा लालबहादुर पाठक, निर्वाचन क्षेत्र नं. १ (क) संयोजकमा टिकाराम सापकोटा तथा निर्वाचन क्षेत्र नं. २ सचिवमा दिपेन्द्र खत्री क्षेत्रीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

यसअघि २०८३ जेठ २३ गते गलकोटमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट घोषणा गरिएको जिल्ला कार्यसमितिको वैधानिकतामाथि विवाद उत्पन्न भएपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उक्त कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki