बागलुङ ,१२ साउन । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–२ तल्लोबेङ्गग्रिकी १७ वर्षीया बिनिता पाण्डे आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीका अनुसार साउन ११ गते राति करिब ९:४७ बजे आफ्नै दुईतले कच्ची घरको माथिल्लो तलामा रहेको सुत्ने कोठामा उनले पासो लगाएको अवस्थामा फेला परेकी थिइन्।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी जुग्जाखोलाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको जनाएको छ।
प्रहरीका अनुसार किशोरीको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






