Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विधि र विधान मान्नुको विकल्प छैन – जितनारायण श्रेष्ठ

  • ७ श्रावण २०८३, बिहीबार १०:४७

बागलुङ ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठले पार्टीभित्रका सबै नेता–कार्यकर्ता नेपाली कांग्रेसको विधि, विधान र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बागलुङले ४४औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित ‘हरित वातावरणका लागि जलवायु संवाद तथा जरा अभियान समापन समारोह’ लाई सम्बोधन गर्दै उनले पार्टीको एकता र सुदृढीकरणका लागि विधि र विधानलाई स्वीकार गर्नुको विकल्प नरहेको बताए ।

श्रेष्ठले विशेष महाधिवेशनपछि पार्टीभित्र केही असन्तुष्टि देखिए पनि अब सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
“नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशन प्रतिनिधिहरूले दिएको म्यान्डेटअनुसार गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति गठन भएको छ,” उनले भने, “यस विषयमा विभिन्न मुद्दा अदालतसम्म पुगे । कानुन र विधानअनुसार अदालतले पनि निर्णय गरिसकेको अवस्थामा त्यसलाई सम्मान गर्दै सबै एकजुट भएर पार्टीलाई बलियो बनाउनुपर्छ ।”

उनले अग्रज र युवा पुस्ताबीच सहकार्यको आवश्यकता औंल्याउँदै अनुभवी नेताले युवालाई मार्गदर्शन गर्नुपर्ने र युवाले पार्टीको संगठनलाई थप सशक्त बनाउन भूमिका खेल्नुपर्ने बताए ।

श्रेष्ठले नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे । उनले बीपीलाई दूरदर्शी नेता, लोकतन्त्रका अथक योद्धा तथा साहित्यकारका रूपमा स्मरण गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको उनको दर्शनले नेपाली राजनीतिलाई दीर्घकालीन दिशा दिएको बताए ।

“यदि हामीले बीपीको सिद्धान्त र विचारलाई वास्तविक रूपमा आत्मसात गर्ने हो भने व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र राष्ट्रको हितका लागि एकताबद्ध हुनुपर्छ,” उनले भने ।

श्रेष्ठले जलवायु परिवर्तन अहिले विश्वव्यापी चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यसको असर नेपालजस्तो मुलुकले अझ बढी भोगिरहेको बताए । त्यसैले नेपाली कांग्रेसले हरित वातावरण निर्माण, वृक्षारोपण र जलवायु संरक्षणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएको उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले ‘जलवायु परिवर्तन सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्दै बीपी कोइरालाको विकास दर्शन आजको जलवायु संकटसँग पनि जोडिएको बताए ।

उनले बीपीले विकासको केन्द्रमा सधैं मानिसलाई राखेको स्मरण गर्दै विकास प्रकृतिमैत्री, दिगो र वातावरणअनुकूल हुनुपर्ने अवधारणालाई प्राथमिकता दिएको बताए ।

“आजको विकास जलवायुमैत्री हुनैपर्छ, अन्यथा मानव जीवन नै संकटमा पर्न सक्छ,” उनले भने, “जलवायु परिवर्तनको सामना राज्य वा कुनै एक राजनीतिक दलले मात्र गर्न सक्दैन। उद्योग, प्रविधि, पूर्वाधारदेखि नागरिकको जीवनशैलीसम्म सबै पक्ष वातावरणमैत्री हुन आवश्यक छ ।”

डा. देवकोटाले जलवायु परिवर्तनलाई नेपाली कांग्रेसले राष्ट्रिय बहसको विषय बनाउनु सकारात्मक कदम भएको उल्लेख गर्दै यसलाई नीति, योजना र व्यवहारमा समेत प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

बीपी स्मृति दिवसको अवसरमा काँग्रेसले संचालन गरेको जरा अभियान’को समेत समापन गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्का, प्रतिनिधि सभा सदस्य रेणुका काउचा मगर, नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, काँग्रेस बागलुङका पूर्व सभापती प्रकाश शर्मा पौडेल, पूर्व सांसद टंकप्रसाद शर्मा कंडेल लगायतले विपी कोइरालाले देखाएको बाटोमा काँग्रेसले विराउन नहुने प्रतिक्रिया राखेका थिए ।

नेपाली काँग्रेस बागलुङका उपसभापती तारानाथ पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन सचिव हरिहर शर्मा र स्वागत सहसचिव ज्ञानुश्रीस शर्माले गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki