Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

bk logo final png
  • बागलुङखबर
  • २५ असार २०८३, बिहीबार २१:४०

बागलुङ, २५ असार । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८२/८३ मा ९० प्रतिशत भौतिक प्रगति गरेको छ ।
कार्यालयले ६५.३४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ।
बुधबार आयोजित वार्षिक प्रगति समीक्षा तथा पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यालयले कुल ६ करोड ५१ लाख ८३ हजार रुपैयाँ बजेटमध्ये ४ करोड २५ लाख ९० हजार ४ सय ६८ रुपैयाँ खर्च भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ जनाएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासक प्रवीण शर्माले ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा महामारीका क्रममा २ सय ४४ जना संक्रमित भएको र प्रभावकारी व्यवस्थापन तथा उपचारका कारण सबै बालबालिका पूर्ण रूपमा निको भएको बताउनुभयो।

उहाँका अनुसार दादुरा नियन्त्रण अभियानअन्तर्गत पहिलो चरणमा ढोरपाटन नगरपालिकामा ६ हजार ७५ जना र दोस्रो चरणमा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका तथा गलकोट नगरपालिकामा गरी २६ हजार ३ सय ४७ जनालाई खोप लगाइएको छ।

कार्यालयले मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, किशोरकिशोरी लक्षित प्रजनन स्वास्थ्य शिक्षा तथा प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ। साथै बाल स्वास्थ्य, परिवार योजना, किशोरकिशोरी स्वास्थ्य, पोषण, एचआईभी तथा यौनरोग नियन्त्रण, क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, नसर्ने रोग तथा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि प्रभावकारी रूपमा सञ्चालन गरिएको जानकारी दिइएको छ।

यसैगरी महामारी तथा रोग नियन्त्रण, प्रयोगशाला सेवा, उपचारात्मक सेवा, नर्सिङ तथा सामाजिक सुरक्षा र स्वास्थ्य व्यवस्थापन कार्यक्रममार्फत स्वास्थ्य सेवा विस्तार तथा रोग नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ।

कार्यालय प्रमुख शर्माका अनुसार क्षयरोग नियन्त्रण कार्यक्रमअन्तर्गत पाँच स्थानीय तहमा कृत्रिम बुद्धिमत्ता ९एआई० प्रविधिमार्फत गरिएको स्क्रिनिङमा १ हजार ३२४ जनाको परीक्षण गर्दा १० जनामा क्षयरोग पुष्टि भएको छ। खानेपानी गुणस्तर परीक्षणका क्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट संकलित ३६९ नमुनामध्ये ७७ नमुनामा कोलिफर्म जीवाणु भेटिएको जानकारी पनि उहाँले दिनुभयो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले सीमित बजेटका बाबजुद जनस्वास्थ्य कार्यालयले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी काम गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पनि कार्यालयसँग आवश्यक सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा क्षय तथा कुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले एचआईभी एड्स सम्वन्धी र कार्यालय प्रमुख प्रवीण शर्माले कार्यालयको वार्षिक प्रगति तथा स्वास्थ्य कार्यक्रमबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

Share

प्रतिक्रिया

थप समाचारहरु

Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki