Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या

bk logo final png
  • बागलुङखबर
  • २३ असार २०८३, मंगलवार ०१:०८

बागलुङ ,२३ असार ।बागलुङ नगरपालिका भित्रका बालबालिका  तथा किशोरकिशोरीमा कुपोषण र रक्तअल्पताको समस्या देखिएको छ।

नगरपालिकाका सामुदायिक तथा सस्थागत विद्यालयमा परिक्षण गर्दा  ६ हजार १९२ जना किशोरकिशोरीको हेमोग्लोबिन परीक्षण गर्दा ४ हजार ८३० जनाको अवस्था सामान्य, १ हजार ३३४ जनामा मध्यम रक्तअल्पता र २८ जनामा गम्भीर रक्तअल्पता भेटिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाललए जानकरी फिनु भयो ।
परिक्षण पछि  मध्यम तथा गम्भीर रक्तअल्पता भएका विद्यार्थीलाई आइरन–फोलिक एसिड ट्याब्लेट वितरण, पोषण परामर्श, स्वास्थ्य शिक्षा, आवश्यक रेफरल तथा नियमित फलोअपको व्यवस्था गरिएको प्रमुख खनालले जानकारी दिनुभयो।

त्यस्तै, नगरपालिकामा २ हजार २२० जना बालबालिकाको पोषण लेखाजोखा गर्दा १० जनामा गम्भीर सिघ्र कुपोषण र ५१ जनामा मध्यम सिघ्र कुपोषण देखिएको जनाइएको छ। कुपोषित बालबालिकालाई आवश्यक उपचार, पोषण परामर्श, रेफरल तथा नियमित अनुगमनको व्यवस्था गरिएको छ।

सोमबार बागलुङमा बागलुङ नगरपालिकाले आयोजना गरेको ‘स्वस्थ र सुखी परिवार’ विषयक पत्रकार अन्तरक्रिया कार्यक्रममा विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत ९ वटा विद्यालयका १ हजार ३४५ जना विद्यार्थीको आँखा परीक्षण तथा ८ वटा विद्यालयका १ हजार ४७ जना विद्यार्थीको दन्त परीक्षण, उपचार, स्वास्थ्य परामर्श र आवश्यक रेफरल सेवा उपलब्ध गराइएको जानकारी दिइयो।

महिला स्वास्थ्यतर्फ नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरबाट सयौं महिलाले सेवा लिएका छन्। शिविरमा पाठेघर खस्ने समस्या, पाठेघरको मुखसम्बन्धी समस्या लगायत विभिन्न रोगको परीक्षण, उपचार, स्वास्थ्य शिक्षा तथा परामर्श प्रदान गरिएको जनाइएको छ।

त्यसैगरी, सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रमअन्तर्गत २५० जनाको परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य शाखाले जनाएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki