Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

  • सुजन रेग्मी
  • २७ जेष्ठ २०८३, बुधबार १३:१६

बागलुङ ,२७ जेठ । पानीको बहावले भरिएको ताल ,घुमाउरो यु सैलीले निर्मित भएको सिद्ध बराह ताल बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर ३ मुठाचौरमा अवस्थित छ ।

यो ताल पछिल्लो समय प्रचारप्रसारका कारण चर्चामा आउन नसकेपछि पालिकाले संरक्षण गर्न थालेको छ । ताललाई पछिल्लो समय पालिकाले पर्यटकीय हब बनाउनका थालेको हो ।

भौगोलिक जटिलता, घना जंगल, सडकको सहज पहुँच नपुगेका कारण बराह ताल पर्यटकको आकर्षक क्षेत्र भएर पनि ओझेलमा पर्दै आएका स्थानीयको गुनासो रहेको छ । स्थानिय झविन्द्र पुनले यो क्षेत्र पर्यटकिय टाउँ रहेकाले पालिकाले चासो दिएमा पर्यटक भित्राउन सकिने उहाँले बताउनुभयो ।

फुस्रेको थान माथि र बराह थान भएको स्थानमा खानेपानीका विषयमा स्थानीयले झगडा गर्दा बराहले फुस्रेको थान भन्नेबाट झगडा गर्न बराह आएकालाई यही तालमा नष्ट गरिएको किंवदन्ती छ ।

तालमा हिउँदका समयमा सेता हाँस पौडिरहेको अवस्थामा भेटिने गरेको स्थानीयको भनाइ छ । आँखा फुटेको बुढी बराहले यही तालमा बसेका कारण यहाँ बराह मन्दिर निर्माणसमेत गरिएको छ ।

‘पौराणिक, ऐतिहासिक एवं पर्यटकीयस्थल बराहतालको संरक्षणसँगै प्रवद्र्धनमा जुटिरहेका छौँ, अहिले तालको वरपर काँडेतार लगाउने, बराह मन्दिर निर्माण गर्ने, खानेपानी र शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ’, पुनले भन्नुभयो, ‘प्राकृतिकरुपमा अत्यन्तै मनमोहक रहेको बराह ताललाई गाउँपालिकाले समेत संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ, वैशाख पूर्णिमाका दिन यहाँ विशेष पूजा हुने गर्दछ ।परापूर्वकालका संरचनालाई पालिकाले प्रर्वघन गरेमा पर्यटक भित्राउन सकिले उहाँले बताउनुभयो ।

पालिकाभित्र रहेका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्नका लागि गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । उहाँले आगामी वर्षमा योनना बनाएर निति तथा कार्यक्रममा समेटिने बताउनुभयो ।

बागलुङको दुर्गममध्येको गाउँपालिका तमानखोलाको शिरमा रहेको उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले संरक्षण र प्रवद्र्धन गर्न थालेको छ । धार्मिक महत्वसँगसमेत जोडिएको बराह तालमा वैशाखे पूर्णिमाभन्दा बाहेक अरुबेला चहलपहल हुँदैन ।
प्रदेशको विषेश अनुदान मार्फत पालिकाले हरेक वर्ष प्रचारप्रसारका बजेट छुट्टाइने गरेको पालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले बताउनुभयो ।

आन्तरिक तथा बाह्रा पर्यटक ल्याउन सकेमा पालिकाको नाम उच्च रहने वडा अध्यक्षा नारायण सुनारले बताउनुभयो । उहाँले नेपाल सरकार र पालिकाले तालमा संरचना बनाएमा पर्यटन प्रर्वद्धन हुने बताउनुभयो ।

समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको यो ताल पर्यटकको रोजाईमा पर्न सकेको छैन ।

Share

प्रतिक्रिया

थप समाचारहरु

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki