Skip to content

follow us

baglungkhabar.tv

9th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

  • सुजन रेग्मी
  • २५ जेष्ठ २०८३, सोमबार २०:३७

बागलुङ,२५ जेठ । ढुङ्गाले छाइएका र एकनासले लहरै मिलेका घरहरु, मौलिक वास्तुकला र परम्परागत जीवनशैली रहेको गाउँ हो ‘तामान गाउँ’ ।

बागलुङको तमानखोला गाउँपालिका–३ मा अवस्थित तमान गाउँ ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण बस्तीको रुपमा परिचित छ । जिल्ला सदरमुकामबाट सवैभन्दा टाढा रहेको तमान गाउँलाई परम्परागत ढुङ्गाका छाना भएका घर तथा मनमोहक प्राकृतिक सौन्दर्यका साथै पुरानो कटुवाल प्रथाको निरन्तरताले छुट्टै पहिचान दिएको छ ।

तमान गाउँ पुग्ने जोकोहीलाइृ पनि त्यहाँका मौलिक र परम्परागत शैलीका घरहरुले मन्त्रमुगध पार्छन । आधुनिक कंक्रिटका घरहरुको भीडभाड भइरहेको समयमा पनि तमान गाउँले आफ्नो एतिहासिक र प्राकृतिक सुन्दरतालाई अझै जीवितै राखको छ । यहाँ मात्र घरहरू पुराना छैनन्, यहाँको समाजलाई बाँध्ने ‘कटुवाल प्रथा’ जस्ता मौलिक परम्पराहरू आज पनि उत्तिकै आदरका साथ निरन्तरता पाइरहेका छन् ।

तमान गाउँलाई पछिल्लो समय एकीकृत बस्तीका रुपमा विसका गर्न पहल अघि बढाइएको छ । गाउँको मौलिकता जोगाउँदै आधुनिक सुविधासहितको व्यवस्थित बस्ती निर्माण गर्ने लक्ष्यसहित अगाढी बढाइएको तमानखोला गाउँपालिका–३ का वडाअध्यक्ष झकबहादुर बुढाको भनाई छ । उहाँले विकासको लहर भित्र्याउने तर आफ्नो पुर्खाको नासो र पहिचानलाई पनि नगुमाउने कसरतमा स्थानीय सरकार जुटेको बताउनुभयो । “विकासका योजनालाई प्राथमिकताका साथ अघि बढाइएको छ,” वडाअध्यष बुढाले भन्नुभयो,“विकास गर्दा गाउँको मौलिक स्वरूप संरक्षणमा विशेष ध्यान दिइएर काम गरिरहेका छौं ।”

आफ्नो कार्यकालमा गाउँको मुहार फेर्न सक्दो प्रयास गरिरहेको वडाअध्यक्ष बुढाले बताउनुभयो । “हाम्रो प्राथमिकता विकास मात्र होइन, विकाससँगै आफ्नो मौलिकता जोगाउनु पनि हो,” यहाँले भन्नुभयो,“हामी गाउँका ती परम्परागत ढुङ्गे छानाहरूलाई संरक्षण गर्न र सबै घरहरूलाई एकैनासको (एउटै रङ र स्वरूप) बनाएर एकीकृत बस्तीको रूप दिन चाहन्छौँ । यही योजना अनुरूप आफु निर्वाचित भएको दोस्रो वर्षमा घरहरूमा एकनासको रङ लगाउने कामको सुरुवातका लागि ५ लाख रुपैयाँ विनियोजन गरेका थियौं । तर प्राविधिक समस्याका कारण उक्त योजना कार्यान्वयन हुन सकेको छैन ।”

समयसँगै तमानले कोल्टे फेर्दैछ । हिजोका दिनमा सामान्य उपचार र शिक्षाका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता चिर्दै अहिले गाउँमै स्वास्थ्य र शिक्षासँगै इन्टरनेटको राम्रो पहुँच पुगेको छ । “गाउँमा स्वास्थ्य, शिक्षा तथा इन्टरनेट सेवाको पहुँच विस्तार हुँदै गएको छ, जसले स्थानीयवासीको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पारेको छ” वडाअध्यक्ष बुढाले भन्नुभयो ।

तमानखोला गाउँपालिकाले तमान गाउँलाई पर्यटकीय गाउँको रुपमा विकास गर्न योजनाहरु अगाडी बढाएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । उहाँले समृद्ध तमानखोला निर्माणको आधार पर्यटन प्रवद्र्धन रहेकोले गाउँपालिकाले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार निर्माणका कामहरु अगाडी बढाइरहेको बताउनुभयो । “तमान गाउँ आफैँमा एउटा जीवित सङ्ग्रहालय हो । यहाँको प्राकृतिक सुन्दरता, ढुङ्गे घर र कटुवाल प्रथा जस्ता संस्कृतिलाई हेर्न आउने पर्यटकका लागि आवश्यक पूर्वाधार तयार पार्न गाउँपालिका लागिपरेको छ” गाउँपालिका अध्यक्ष बुढाले भन्नुभयो ।

गाउँपालिकाका अध्यक्ष बुढाका अनुसार गाउँपालिकालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउन पर्यटन प्रवद्र्धनलाई मुख्य खम्बा मानिएको छ । गाउँपालिकाले तमान जस्ता ऐतिहासिक गाउँहरूको प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रहरूमा पूर्वाधार निर्माणका कामहरूलाई तीव्रताका साथ अघि सारेको गाउँपालिका अध्यक्ष बुढाको भनाई छ

Share

प्रतिक्रिया

थप समाचारहरु

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

लोकप्रिय

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चैत्राष्टमी मेलामा ४३ लाख रुपियाँ खर्च

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki