Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • २० जेष्ठ २०८३, बुधबार २०:३१

बागलुङ, २० जेठ । बागलुङमा क्रियाशिल संचारकर्मीका लागि स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा जिल्लाका क्रियाशिल पत्रकारका लागि आरोग्यताका लागि विभिन्न जानकारी दिइएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका डा. रमेश कुमार केसीले स्वस्थ्य जीवनका लागि तनाव व्यवस्थापन, जनस्वास्थ्य र स्वस्थ्य रहने शुत्रबारे जानकारी गराएका थिए । पत्रकारका लागि योगध्यानबारे सिकाए र प्रयोग समेत गराएका थिए । मानव मस्तिस्कले गर्ने काम र सकारात्मक उर्जा र नकारात्मक असरबारे उनले बुझाए ।

कार्यक्रममा बुर्तिवाङ अस्पतालका डा. अभिनाष पोखरेलले दादुरा रोगको प्रकोप, व्वस्थापनबारे जानकारी गराए । साथै, महामारी र प्रकोपजन्य रोगको बेला सञ्चार क्षेत्रले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराएका थिए । उनले गत फागुनमा ढोरपाटनमा दादुरा फैलिएको बेला सचेतना पुर्ण काम गरेर नियन्त्रणमा लिन सकेको उदाहरण प्रस्तुत गरे ।

कार्यक्रममा अर्का डा. अभिषेक बगालेले मानव जीवनमा आहार, बिहार, आचरण र विचारले स्वस्थ्य रहन सकिने बताए । उनले त्यसका लागि ओरिजिन, रिजनल र सिजनल खाना खान सुझाव पनि दिए ।

वातावरणको कारणले मानिसमा २० प्रतिशत मात्रै रोग लाग्ने, आनुवंशिकबाट २० प्रतिशत र स्वास्थ्य प्रणालीले १० प्रतिशत मात्रै रोग लाग्ने भन्दै जीवन शैली र खानपानका कारण नै ५० प्रतिशत रोग लाग्ने भएकोले आहार–विहारमा ख्याल गर्न पनि सुझाव दिए ।

अस्पताल नभएर मर्नेभन्दा जीवनशैली बदल्न नसक्दा धेरै मानिस मर्ने गरेको तथ्यांक दिए । उनले बिहान सबेरै उठ्ने र बेलुकी छिटो सुत्ने जस्ता आचरण गर्न पनि सुझाए । वैज्ञानिक कारण अनुसार उपबास बस्ने विषय समेत रहेको कार्यक्रममा जनाइएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले स्वस्थ्य जीवनका लागि भएका प्रयास र पत्रकारले पनि ती प्रयास अपनाउनुपर्ने बताए । साथै मन्त्रालय, प्रदेश जनस्वास्थ्य कार्यालय र आर्युवेद अस्पताल बागलुङले गरेको प्रयासलाई धन्यवाद दिएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

बागलुङका ७१ जना हिंसा प्रभावितलाई सेवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki