Skip to content

follow us

baglungkhabar.tv

18th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अस्पतालमा बिरामीको गुनासो नआउनेगरी सेवा दिनु -मुख्यमन्त्री

bk logo final png
  • बागलुङखबर
  • ७ जेष्ठ २०८३, बिहीबार ०९:४७

बागलुङ , ७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालले बिरामीको गुनासो नआउनेगरी सेवा दिन आग्रह गर्नुभएको छ ।

हिजो धौलागिरि प्रादेशिक अस्पताल र धौलागिरि आयुर्वेद अस्पतालको स्थलगत निरिक्षण पछि अस्पताल व्यवस्थापन र चिकित्सकलाई गुनासो नआउनेगरी सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।

सेवा प्रवाह राम्रो भएको पाएको भएपनि कहिलेकाही अस्पतालमा औषधी नपाएको र डाक्टर नआएको जस्ता गुनासो आउने गरेकाले गुनासो नआउनेगरी काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा सिटिस्क्यानदेखि ठूला रोगको निदानमा करोडौ लगानी गरेको बताउदै नागरिकले जिल्लामै गुनासो रहित सेवा पाउनुपर्ने उहाँको जोड थियो ।

अस्पतालको बालरोग विभाग, आइसियु र डाइलाइसि सेवा नमूना र प्रदेशले गर्व गर्न लायक रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । १० करोड खर्चेर प्रदेशरले यस अस्पतालमा सिटि उपकरण खरिद गरेको सुनाउनुभयो ।

“प्रदेश सरकारले खरिद गरेको पहिलो सिटिस्क्यान उपकरण धौलागिरि अस्पतालमा आएपछि पोखरा जानुपर्ने अवस्था अन्त्य भएको रहेछ, अहिले सर्वसुलभ र निजीको भन्दा आदा कम रकममा सिटि हुँदो रहेछ” अनुमगनपछि मुख्यमन्त्री पाण्डेले भन्नुभयो “जनतालाई प्रदेश सरकारले गरेका स्वास्थ्य क्षेत्रको सुधारको विषयमा जानकारी दिएर सेवा प्रवाह अझै व्यापक बनाउनु पर्दछ, हरेक स्थानमा टोकन प्राणली लागु गर्न आवश्यक छ, अस्पताल प्रदेश मातहतमा आएपछि सेवा प्रवाहमा निकै सुधार आएको पाए ।”

पाण्डेलाई अस्पतालको भौतिक संरचना र सेवा प्रवाहको विषयमा धौलागिरि अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी गराउनुभएको थियो । शर्माले अस्पतालमा भौतिक संरचना थप गर्न र डाइलाइसिस सेवाका उपकरण थप गर्न मुख्यमन्त्री समक्ष माग गर्नुभएको थियो ।

यस्तै मुख्यमन्त्री पाण्डेले धौलागिरि आयुर्वेद अस्पतालमा समेत पुगेर सेवा प्रवाहको विषयमा जानकारी लिनुभएको छ । २५ शैयाको आयुर्वेद अस्पतालको रुपमा प्रदेश सरकारले स्तरोन्नती गरेको उहाँले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

भर्खरै

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki